कोटि होम १

कास्कीमा एक महिनामा १५३ फरार प्रतिवादी पक्राउ

पक्राउ पर्नेमा चेक बाउन्सका धेरै

पोखरा । कास्कीमा एक महिनामा एक सय ५३ जना फरार प्रतिवादी पक्राउ परेका छन् ।

कास्की जिल्ला अदालतबाट विभिन्न मितिमा दोषी ठहर भई फरार रहेका ११ वटा मुद्दाका एक सय ५३ जना प्रतिवादी माघ महिनामा पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । तीमध्ये एक सय २५ जना पुरुष र २८ जना महिला हुन् ।

Nawa Srijana

चेक अनादार मुद्दा (चेक बाउन्स)का ९६ जना, लागू औषधसम्बन्धी मुद्दाका १४ जना, बैंकिङ कसुर मुद्दाका १८ जना, अभद्र व्यवहार मुद्दाका पाँच जना, न्यून स्तरको खाद्य उत्पादन बिक्री गरेकोसम्बन्धी मुद्दाका दुई जना, स्वास्थ्यकर्मी तथा संस्थाको सुरक्षा सम्बन्धी मुद्दाका दुई जना, सवारी ज्यान मुद्दाका एक जना, कुटपिट मुद्दाका एक जना, जालसाझी मुद्दाका चार जना, लेनदेन मुद्दाका एक जना र चोरी मुद्दाका ९ जना पक्राउ परेका हुन् ।

उनीहरुबाट पाँच वर्ष दुई महिना १६ दिन कैद भुक्तान बाँकी रहेको कास्की प्रहरीका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक अविनाश जिसीले जानकारी दिए । उनीहरुलाई एक करोड ६२ लाख ४८ हजार आठ सय ८६ रुपैयाँ जरिवाना असुल गर्न अदालतमा उपस्थित गराइएको छ ।

सामुदायिक प्रहरी
अख्तियार अनुसन्धान
Leave A Reply

Your email address will not be published.