GIF TIGER CUP

गायिका समीक्षा सम्मानित

हेमजा । गायिका समीक्षा अधिकारीलाई सम्मान गरिएको छ । सिदिङ युनाइटेड युथ क्लबको आयोजनामा माघ ३० गतेदेखि सिदिङ खेल मैदानमा भएकाे वडास्तरीय पुरुष भलिबल प्रतियोगिताको अवसरमा अधिकारीलाई शनिबार सम्मान गरिएको हो ।

नेपाली गीत-सङ्गीतको माध्यमबाट राष्ट्रिय/अन्तर्राष्ट्रिय जगतमा आफ्नो अलग पहिचान बनाउन सफल माछापुच्छ्रे गाउँपालिकाकी चेली अधिकारीलाई शनिबार सम्मान गरिएको हो । उनी सिदिङ कप विशेष सांस्कृतिक कार्यक्रममा प्रस्तुतिका लागि आएकी थिइन् ।

अधिकारीलाई सानै उमेर, छोटो समयमा कलाकारिता क्षेत्रमा उच्च स्थान हासिल गर्न सफल एक अब्बल, निडर र साहसी कलाकारका रूपमा मुल्यांकन गर्दै सम्मान गरिएको माछापुच्छ्रे गाउँपालिका–९ का वडाध्यक्ष हरिबहादुर क्षेत्री (राजेन्द्र)ले बताए । कलाकारिता क्षेत्रको महत्त्व बुझेर अधिकारीलाई थप हौसला दिन र समाजमा सन्देश छर्नका लागि सम्मान गरिएको उनले उल्लेख गरे ।

GIF TIGER CUP

अधिकारीले गायनको सिलसिलामा आफू जहाँ भएपनि जहाँ गएपनि आफ्नो जन्मभूमिको माया आफूलाई सधैँ रहिरहने बताइन् । उनले आफूलाई सम्मान गरेर हौसला थपेकोमा वडा कार्यालय र जनप्रतिनिधिलाई धन्यवाद दिइन् ।

Leave A Reply

Your email address will not be published.