newa srijana

पोखरामा बेलुन पड्किएको घटना छानबिन गर्न समिति गठन

प्रतिवेदन पेश गर्न १५ दिनको समय

काठमाडौं। पोखरामा आयोजित ‘पोखरा भ्रमण वर्ष २०२५’ उद्घाटन समारोहमा आगोमा बेलुन पड्किएको घटना छानबिन गर्न समिति गठन भएको छ । गृहमन्त्री रमेश लेखकले कास्कीका सीडीओ भरतमणि पाण्डेको संयोजकत्वमा ८ सदस्यीय छानबिन समिति बनाएका हुन् ।

समितिमा पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाई, कास्कीका एसपी श्यामबाबु ओलिया, सशस्त्र प्रहरीका २४ नम्बर गण हेडक्वाटरका एसपी सूर्यप्रसाद तिमिल्सिना, राष्ट्रिय अनुसन्धान कास्कीका उप अनुसन्धान निर्देशक सुरेशकुमार तिवारी सदस्य र कास्कीका सहायक सीडीओ गंगाबहादुर क्षेत्री सदस्य सचिव रहेका छन् । साथै समितिमा एक जना विष्फोटक पदार्थ विज्ञ पनि रहने छन् ।

World link net

समितिले आइतबारदेखि नै घटनाको कारण खोजी आगामी दिनमा अपनाउनुपर्ने पूर्वशर्तकताको उपायसहितको प्रतिवेदन पेश गर्न १५ दिनको समय दिइएको गृह मन्त्रालयले जनाएको छ ।

शनिबार भएको उक्त घटनामा उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यको घाइते भएका थिए । दुवैजनाको अहिले कीर्तिपुर जलन उपचार केन्द्रमा उपचार भइरहेको छ ।

सिटीजन फनिच्रर