सुचना१
newa srijana

सात वटा प्रदेश पाँच पनि हुनसक्छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्र र लोकतान्त्रिक प्रणालीमा हेरफेर हुनसक्ने कुरालाई सामान्य मान्नुपर्ने बताएका छन् ।

शनिबार प्रथम महिला राधिका शाक्यको आत्मकथा करुणाको लोकार्पण समारोहलाई सम्बोधन गर्दै ओलीले सात वटा प्रदेश ९ वटा हुनसक्ने र सात वटा प्रदेश ५ वटा हुन सक्ने पनि बताएका हुन् ।

Pokhara महोत्सव

‘…सातवटा प्रदेश नौवटा पनि हुनसक्छ । सातवटा प्रदेश पाँचवटा पनि हुनसक्छ,’ उनले भने, ‘त्यसो भयो भने पनि कुनै रुवाबासी गर्नुपर्ने आवश्यक छैन । ६ वटा पनि हुनसक्छ ।’

नागरिकको आवश्यकता हेरेर प्रदेश घटबढ गर्न सकिने उनको भनाइ थियो । उनले देश, विकास र जनताको आवश्यकताअनुसार सुधार हुने कुरालाई रुवाबासी गर्न जरुरी नरहेको जिकिर गरे । ‘त्यो देशलाई आवश्यकता, विकासलाई आवश्यकता, जनतालाई आवश्यकता कस्तो हुन्छ, त्यसअनुसार गर्ने कुरा हो,’ उनले भने, ‘त्यस्तो लोकतन्त्र भनेजस्तो, गणतन्त्र भनेको जस्तो, लोकतान्त्रिक गणतन्त्र भनेको जस्तो आधारभूत कुरा त्यो होइन ।’

पुल सेन्टर
वडा नं २६