पोखरा । स्याङ्जाको वालिङ नगरपालिकाले फागुन १५ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । ४३औं राष्ट्रिय मगर एकता दिवसको अवसरमा उक्त दिन बिदा दिने निर्णय भएको नगरपालिकाले आइतबार सूचनामार्फत जानकारी दिएको हो ।
नगर प्रवक्ता पदमराज गुरुङका अनुसार मगर एकता दिवसको अवसरलाई मध्यनजर गर्दै नगरपालिकाले उक्त निर्णय गरेको हो ।
नगरपालिकाको निर्णयअनुसार वालिङ क्षेत्रका सरकारी कार्यालय, स्वास्थ्य संस्था, शिक्षण संस्था तथा अन्य सार्वजनिक संघसंस्थाहरू बन्द रहने छन् ।
