कोटि होम १

१ करोड ३० लाख रुपैयाँ बराबरको गरगहनासहित दुई जना पक्राउ

पाेखरा । पोखरामा सुन तथा हिराका अवैध गरगहना सहित दुई जना पक्राउ परेका छन्। करिब १ करोड ३० लाख रुपैयाँ बराबरको गरगहनासहित उनीहरु पकणराउ परेका हुन् । घटनाबारे जिल्ला प्रहरी कार्यालय कास्कीले शनिबार पत्रकार सम्मेलन गरी जानकारी दिएको हो।

प्रहरीका अनुसार शुक्रबार गोप्य सूचनाको आधारमा पोखरा महानगरपालिका–२२ पुम्दीभुम्दीबाट बुटवलतर्फ जाँदै गरेको माइक्रोबसमा चेकजाँच गर्दा भारतको अमृतसर निवासी ४९ वर्षीय कुलदिप सिंह र तिलोत्तमा–१६, रुपन्देहीका ४७ वर्षीय राम बहादुर बि.क. पक्राउ परेका हुन्।

Nawa Srijana

उनीहरूबाट ९५७.९८ ग्राम सुन तथा हिराका विभिन्न गरगहना बरामद गरिएको छ। कास्की सुनचाँदी रत्न तथा आभूषण व्यवसायी संघले गरेकाे मुल्यांकन अनुसार निजहरुबाट सुनको ढिक्का, सिक्री, दाना माला, हिरा जडित औंठी, झुम्का, मंगलसुत्र, लकेट, पोतेलगायत गरगहनाको बजार मूल्य करिब १ करोड ३० लाख ४१ हजार ८ रुपैयाँ रहेको जनाएको छ।

कार्यालय प्रमुख एसपी श्याम बाबु ओलियाका अनुसार कुलदिप र राम बहादुर तीन वर्षदेखि फेसबुकमार्फत सम्पर्कमा रही सुन कारोबारमा संलग्न थिए। कुलदिपले भारतको अमृतसरस्थित अमरजित साहुको पसलबाट गरगहना ल्याउने र नेपालमा बिक्री गर्ने योजना अनुरूप असार ४ गते पोखरा आएको खुलेको छ।

पक्राउ परेका दुवै जनालाई बरामद गरगहनासहित थप अनुसन्धान र कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय, बुटवल पठाइएको प्रहरीले जनाएको छ।

सामुदायिक प्रहरी
वडा नं २६
Leave A Reply

Your email address will not be published.