newa srijana

लेकसाइडका तीन स्पा सेन्टरबाट आठ जना बालिकाको उद्धार

पोखरा । कास्की प्रहरीले पोखराको लेकसाइडस्थित ३ स्पा सेन्टरबाट ८ जना १८ वर्षमुनिका बालिकाको उद्धार गरेको छ।

बालबालिकालाई स्पा सेन्टरमा काममा लगाइएको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय कास्की र पोखरा महानगरपालिका सामाजिक विकास महाशाखाबाट खटिएको टोलीले सोमबार अनुगमन गरी उनीहरूलाई उद्धार गरेको हो।

World link net

उद्धार गरिएका बालिकामध्ये २ जना पर्सल्यान स्पाबाट, २ जना ताराहिल लज स्पा एण्ड ब्युटी केयरबाट र ४ जना इभेण्डर ब्युटी एण्ड स्पाबाट रहेका छन्।

कास्की प्रहरी प्रवक्ता डिएसपी हरी बहादुर बस्नेतका अनुसार बाल श्रम ऐन, २०५६ विपरीत जोखिमपूर्ण व्यवसायमा बालबालिकालाई लगाइएको पाईएपछि उद्धार गरिएका बालिकासहित ती स्पा सेन्टरहरूलाई कारवाहीका लागि श्रम तथा रोजगार कार्यालय पोखरा पठाइएको छ।

 

सिटीजन फनिच्रर