newa srijana

दोस्रो पुम्दी–भुम्दी पर्वतीय दौडमा नेलम्बो नेपालको सहकार्य

पोखरा । विश्व पर्यटन दिवसको अवसरमा आयोजना हुने दोस्रो पुम्दी–भुम्दी पर्वतीय दौड प्रतियोगितामा नेलम्बो नेपालले सहकार्य गर्ने भएको छ।

नेलम्बो नेपालले प्रतियोगितालाई सफल बनाउन मेडिकल सहयोग प्रदान गर्ने र तेस्रो पुरस्कार प्रायोजन गर्ने जनाएको छ। प्रतियोगिताको दिन मेडिकल टोलीसहित हेल्थ डेस्क स्थापना गरिने र तेस्रो पुरस्कारबापत १५ हजार रुपैयाँ प्रदान गरिने संस्थाका अध्यक्ष एकदेव देवकोटाले बताए।

सिटीजन फनिच्रर

पोखरा क्लिकका अध्यक्ष दीननाथ बराल र नेलम्बो नेपालका अध्यक्ष एकदेव देवकोटाबीच सहकार्य सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ। अध्यक्ष देवकोटाले पहिलो संस्करणदेखि नै प्रतियोगितासँग जोडिन पाउँदा खुसी लागेको बताउँदै नेलम्बो नेपालले शिक्षा, स्वास्थ्य र वातावरण क्षेत्रमा कार्य गर्दै आएको र सोहीअनुरूप सहकार्य गरिएको जानकारी दिए।

Mountain run pokhara click

नेपाल पर्यटन बोर्डको प्रवद्र्धन, प्रदेश खेलकुद परिषद् गण्डकीको समन्वय र पोखरा महानगरपालिका वडा नं. २ को सहकार्यमा आयोजना हुने यस प्रतियोगिताको आधिकारिक मिडिया साझेदार सिटीवान टेलिभिजन रहेको छ।

होटल मुस्ताङ लेते एण्ड थकाली किचन, परिचय एड्भर्टाइजिङलगायतको सहयोग रहेको प्रतियोगिताका लागि भदौ पहिलो सातादेखि धावकहरूले अनलाइन फारममार्फत नाम दर्ता गर्न सक्नेछन्। धावकहरूको सहभागिताले प्रतियोगितालाई थप रोमाञ्चक बनाउने विश्वास छ, व्यवस्थापक सागर सुनारले भने।

 

Rabin photo