सुचना१
हेमाजा हिले महोत्सव

टुँडिखेल तीज महोत्सवको तेस्रो संस्करण ६ भदौदेखि

महिला सशक्तिकरण, मौलिक संस्कृति संरक्षण र पर्यटन प्रवर्द्धनको उद्देश्यसहित १० दिने महोत्सव

पोखरा । नेपाली महिलाहरूको महान पर्व हरितालिका तीज २०८२ को अवसर पारेर पोखरा महानगरपालिका वडा नम्बर १ स्थित पुरानो टुँडिखेलमा तीज महोत्सव हुने भएको छ। टुँडिखेलस्थित इन्द्रेणी एकीकृत विकास केन्द्रको आयोजनामा आउँदो ६ देखि १५ भाद्रसम्म तेस्रो संस्करणको ऐतिहासिक टुँडिखेल तीज महोत्सव २०८२ हुने भएको हो।

आयोजक केन्द्रले महोत्सवको मिति तयसँगै तयारी समेत तीव्र पारेको छ। महोत्सव सम्पन्न गर्न आयोजक केन्द्रमा अध्यक्ष भानुभक्त अधिकारीको संयोजकत्वमा पोखरा १, २ र ३ नम्बर वडामा रहेका सम्पूर्ण संघ संस्था, आमा समूह, क्लब, टोल सुधार समिति, वित्तीय संस्था, विद्यालय लगायत विभिन्न क्षेत्रमा क्रियाशील संघ संस्थाका प्रमुख एवं प्रतिनिधिहरुको प्रतिनिधित्व हुने गरी मूल आयोजक समिति, ३९ सदस्य सम्पादन समिति, विभिन्न ३८ वटा उपसमिति, ३१ सदस्य मेला संरक्षक समिति, १३१ सदस्य सल्लाहकार समिति गठन गरिएको आयोजक केन्द्रका सचिव समेत रहेका सचिवालय व्यवस्थापन उपसमितिका संयोजक दुर्गाप्रसाद अधिकारीले जानकारी दिए।

महोत्सवको तयारीका क्रममा शनिबार महोत्सव कार्य सम्पादन समिति एवं सरोकारवालाहरूको बैठक सम्पन्न भएको छ। बैठकमा आयोजक संस्थाका अध्यक्ष एवं मूल आयोजक समितिका संयोजक अधिकारीले ऐतिहासिक टुँडिखेलको संरक्षण, परम्परागत नेपाली कला संस्कृतिको संरक्षण, महिला दिदी–बहिनीहरूले उत्पादन गरेका वस्तुहरूको प्रदर्शनी, नृत्य र संगीतमार्फत महिला सशक्तिकरणमा टेवा पुर्‍याउने, तीजलाई भड्किला नभई मौलिक तीजको रूपमा विकास गर्ने, लोपउन्मुख संस्कृतिको जगेर्ना, अन्तरनिहित प्रतिभाका लागि स्थान र वातावरण उपलब्ध गराउने उद्देश्य महोत्सवको रहेको बताए।

सांस्कृतिक, खेलकुद तथा ज्ञानवर्धक एवं मनोरञ्जनात्मक कार्यक्रम सञ्चालन, आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनमा टेवा पुर्‍याउने, इन्द्रेणी एकेडेमीमा रहेका बालबालिकाहरूको समग्र स्तर उन्नति गर्ने, निर्माण सम्पन्न इन्द्रेणी आवासीय क्रियाकलाप भवनलाई सुविधासम्पन्न बनाउने, शवयात्रा वाहन सञ्चालन गर्ने उद्देश्य समेत महोत्सवको रहेको अधिकारीले जानकारी दिए।

१० दिने महोत्सवमा मौलिक तीजगीत प्रतियोगिता (आमा समूहगत), खुल्ला एकल नृत्य प्रतियोगिता, परम्परागत सिप ढिंकी जातो प्रतियोगिता, छेलो हान्ने प्रतियोगिता समेत सञ्चालन हुनेछन्। यसैगरी मेलामा दैनिक उपभोग्य सामान, कृषि, हस्तकला, बैंक तथा वित्तीय संस्था, लत्ता कपडा, रेस्टुराँ लगायत विभिन्न स्टलहरू साथै राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुति तथा बाल उद्यान समेत रहनेछ।

आयोजक केन्द्रका उपाध्यक्ष एवं अर्थ संकलन उपसमितिका संयोजक निरज विक्रम राणाका अनुसार महोत्सव सञ्चालनका लागि ६९ लाख आम्दानी, ६४ लाख ५० हजार खर्च, चार लाख ५० हजार बचत हुने अनुमान गरिएको र उक्त बचत रकम विभिन्न सामाजिक काममा खर्च गरिने जानकारी दिए।

महोत्सव सम्पन्न गर्न गठित उपसमितिहरु मध्ये निरज विक्रम राणा–अर्थ संकलन, बसन्त बास्तोला–सांस्कृतिक, दुर्गाप्रसाद अधिकारी–सचिवालय व्यवस्थापन, वेद प्रसाद वस्ती–लेखा तथा आर्थिक व्यवस्थापन, दुर्गा दत्त भुगाई–अन्तर्राष्ट्रिय समन्वय, मिन बहादुर घले–युवा परिचालन, निर्देशन कुमार चुल्याजु–सरसफाइ व्यवस्थापन, हरि प्रसाद अधिकारी–मञ्च व्यवस्थापन, पार्वती खनाल–स्वागत सत्कार, सरस्वती दाहाल–ज्येष्ठ नागरिक समन्वय, सुगम मणि पराजुली–जलपान व्यवस्थापन, राजेन्द्ररमण पराजुली–सल्लाहकार, राम विक्रम राणा–अनुमगन, प्रेम रमण आचार्य–संयोजक, खगेन्द्रराज पराजुली–अतिथि सत्कार, विश्वगोपाल पराजुली–मौलिक सांस्कृतिक संरक्षण, माननीय सारदा पौडेल–अतिथि व्यवस्थापन, दिल बहादुर गुरुङ–विशेष समन्वय, प्रेम बहादुर गुरुङ–मेला प्रवर्द्धन, तिलक कोइराला–कानूनी परामर्श, रोहितराज पराजुली–प्रचार प्रसार, बाल कृष्ण कोइराला–प्रायोजक समन्वय, राम प्रसाद अधिकारी–सुरक्षा व्यवस्थापन, भद्रराज त्रिपाठी–शिक्षा तथा स्रष्टा सम्मान, रुद्र प्रसाद लुईटेल–बजार व्यवस्थापन, गंगा बहादुर गुरुङ–टोल विकास संस्था समन्वय, चन्द्र बहादुर गुरुङ–स्थानीय संघसंस्था समन्वय, पदम बहादुर गुरुङ–झाँकी व्यवस्थापन, युवराज आचार्य–स्वयम् सेवक परिचालन, डिल्लीराम सुवेदी–प्रतियोगिता व्यवस्थापन, जीवन विक्रम राणा–पार्किङ व्यवस्थापन, चन्द्र बहादुर भण्डारी–यातायात व्यवस्थापन, कृष्ण कार्की–आकस्मिक सेवा, शिवराज अधिकारी–पुरस्कार व्यवस्थापन, प्रकाश रिजाल–छपाई तथा प्रकाशन, अशोक श्रेष्ठ–प्राविधिक व्यवस्थापन, तुलसी पौडेल–आमा समूह समन्वय र प्रकाशचन्द्र सापकोटा–सञ्चार तथा समन्वय उपसमितिका संयोजक रहेका छन्।

शनिबार सम्पन्न महोत्सव कार्य सम्पादन समिति एवं सरोकारवालाहरूको बैठकमा संविधान सभा सदस्य सारदा पौडेल, पोखरा १ का वडा अध्यक्ष सहारा प्रधान, गायिका बाबा राणा, आयोजक केन्द्रका संस्थापक अध्यक्ष राजेन्द्ररमण पराजुली, केन्द्रका पूर्व अध्यक्ष रामभूषण पराजुली, सामुदायिक सेवा केन्द्र पोखरा १ बगरका अध्यक्ष राम प्रसाद अधिकारी, नेपाल रेडक्रस सोसाइटी पोखरा १ की सभापती जीवन अधिकारी लगायतले महोत्सवमार्फत लोकसंस्कृतिको संरक्षण, ऐतिहासिक टुँडिखेलको संरक्षण र यसको पहिचान झल्काउन, भड्किलो बन्दै गएको तीजलाई रोक्नका लागि सचेतना अभिवृद्धि गर्ने, तीज गीतमार्फत समाजमा जनचेतना फैलाउने, परम्परागत र मौलिक कुराहरूको संरक्षण हुने गरी महोत्सव सञ्चालन गर्न आयोजकलाई सुझाव दिएका थिए।

 

वडा नं २६
Sadak 1
पुल सेन्टर