newa srijana

पोखरामा शनिबार यःमरी महोत्सव, चाकु र खुवाको स्वादका यःमरी खाना पाईने

पोखरा । नेवारी समुदायको मौलिक परम्परा र स्वाद संरक्षण गर्ने उद्देश्यसहित पोखरा–४ गणेश टोलमा आगामी शनिबार छैंटौँ संस्करणको यःमरी महोत्सव तथा सांस्कृतिक कार्यक्रम आयोजना हुने भएको छ। नेवाः मिसा पुचः कास्कीसँग को सहकार्यमा पोखरा महानगरपालिका–४ ले आयोजना गरेको महोत्सव पुरानो बजार क्षेत्रलाई दिनभर सांस्कृतिक रंगले रंगिने बताइएको छ।

बुधबार आयोजित पत्रकार सम्मेलनमा वडाध्यक्ष देवकृष्ण पराजुलीले महोत्सवमा नेवारी परिकारका ६ वटा स्टल रहने जानकारी दिए। उनका अनुसार चाकुको यःमरी ८० रुपैयाँ र खुवाको यःमरी १०० रुपैयाँ मा विक्री गरिने छ। दिनभर चल्ने कार्यक्रममा नेवारी परिकार बिक्रीसँगै झाँकी प्रदर्शनी, स्थानीय विद्यालयका विद्यार्थीको नृत्य, ब्याण्ड प्रस्तुति र विभिन्न सांस्कृतिक आकर्षण समेटिएको छ। कार्यक्रम बिहान ११ बजेबाट साँझ ६ बजेसम्म सञ्चालन हुनेछ।

World link net

महोत्सवको मुख्य आकर्षण यःमरी प्रतियोगिता हुनेछ जसमा प्रथम, द्वितीय, तृतीय र सान्त्वना विजेताले क्रमशः १५ हजार, १० हजार, ६ हजार र ३ हजार रुपैयाँ पुरस्कार पाउनेछन्। प्रतियोगितामा स्वादसँगै यःमरी कसरी बनाइयो के–के प्रयोग गरियो भन्ने प्रश्नोत्तरलाई पनि मूल्यांकनको आधार बनाइने नेवाः मिसा पुचः कास्की अध्यक्ष संगीता बज्राचार्यले बताइन्। उनका अनुसार यसले सहभागी समूहलाई आफ्नै परिकारको ज्ञानसहित प्रस्तुत हुन प्रेरित गर्नेछ।

सांस्कृतिक संरक्षण र समुदायको पहिचानलाई केन्द्रमा राख्दै आयोजना गरिएको यो महोत्सवले पोखरामा नेवारी परम्पराको निरन्तरतासँगै पुरानो बजारको सांस्कृतिक जीवन्तता सार्वजनिक रूपमा देखाउने अपेक्षा गरिएको छ।

सिटीजन फनिच्रर