सुचना१
हेमाजा हिले महोत्सव

इन्डोनेसिया र भियतनाममा पोखराको पर्यटन प्रचार

पोखरा । इम्ब्रोइडरी एण्ड गार्मेन्ट्स एशोसिएसन (एगा) पोखराले साउन ९ देखि १९ गतेसम्म इन्डोनेसियाको बाली र भियतनामको हानोईमा पोखराको पर्यटन प्रवर्द्धनका लागि विशेष कार्यक्रम सम्पन्न गरेको छ।

एगा पोखराका अध्यक्ष गोकर्ण लम्सालका अनुसार संस्था विगतका वर्षहरूमा जस्तै यसपटक पनि आफ्नो वार्षिक योजना अन्तर्गत स्वदेश र विदेशमा प्रचार–प्रसारका गतिविधि सञ्चालन गरिरहेको छ। अन्तर्राष्ट्रिय कार्यक्रमको भागस्वरूप बाली र हानोईमा सम्पन्न गरिएको प्रवर्द्धनमार्फत पोखराको प्राकृतिक सुन्दरता, संस्कृति र आकर्षक पर्यटकीय सम्भावनाबारे जानकारी दिइएको थियो।

लम्सालले भ्रमणका क्रममा बालीको कला र संस्कृति नजिकबाट बुझ्न पाएको अनुभव सुनाउँदै, त्यहाँको सांस्कृतिक संरक्षण अभ्यासबाट नेपालले धेरै कुरा सिक्न सक्ने बताए। उनका अनुसार, सांस्कृतिक सम्पदाको संरक्षणले पर्यटकीय लाभ अत्यधिक बढाउन सक्छ।

कार्यक्रमकै सिलसिलामा टोलीले हानोई नजिकको ग्रामीण क्षेत्रमा रहेको सिल्क उत्पादन उद्योगहरू अवलोकन गरेको थियो। भ्रमणको व्यवस्थापनमा पूर्व अध्यक्ष विश्वराज पोखरेलले समन्वय गरेका थिए।

पोखरेलका अनुसार भ्रमणका क्रममा स्थानीय पर्यटन व्यवसायी र सर्वसाधारणलाई पोखरा र नेपाल भ्रमणका लागि निम्तो दिइएको थियो। प्रवर्द्धन टोलीमा अध्यक्ष लम्सालसहित पूर्व अध्यक्ष चिरञ्जिवी पोखरेल, निवर्तमान अध्यक्ष इन्द्रप्रसाद भण्डारी, पूर्व अध्यक्षहरू कृष्णकुमार श्रेष्ठ, विश्वराज पोखरेल, जीवनाथ गौतम, कार्यसमितिका पदाधिकारी तथा सदस्यसहित ३५ जनाको सहभागिता थियो।

वडा नं २६
Sadak 1
पुल सेन्टर