सुचना१
हेमाजा हिले महोत्सव

काठमाडौंमा “नेपालका विशिष्ट महिलाहरु” फोटो प्रदर्शनी हुने

पोखरा । सांस्कृतिक संग्रहालय नेपाल र नेपाल ओलम्पिक म्यूजियमको आयोजनामा आगामी भाद्र २ देखि ५ गतेसम्म काठमाडौंमा “नेपालका विशिष्ट महिलाहरु” शीर्षकमा फोटो प्रदर्शनी आयोजना हुने भएको छ।

यस प्रदर्शनीको दोस्रो संस्करण बबरमहलस्थित नेपाल आर्ट काउन्सिलको ग्यालरीमा आयोजना हुँदैछ। यसअघि २०७४ सालमा पहिलो पटक महिलाहरुको फोटो प्रदर्शनी गरिएको थियो। यस पटकको प्रदर्शनीमा नेपाली इतिहासदेखि वर्तमानसम्मका लगभग ३०० विशिष्ट महिलाहरुका ऐतिहासिक र दुर्लभ फोटाहरु राखिनेछन्।

प्रदर्शनीमा नेपाली समाज, साहित्य, साहस, कला, संस्कृति, विज्ञान र व्यवस्थापन क्षेत्रका ऐतिहासिक र रोमाञ्चकारी तस्बिरहरु प्रस्तुत गरिनेछ। साथै नेपाली समाज, राजनीति, कूटनीति, खेलकुद लगायतका क्षेत्रका प्रमुख रेकर्डधारी महिलाहरुको योगदान, समर्पण र भूमिकालाई पनि उजागर गरिनेछ।

सांस्कृतिक संग्रहालय नेपाल विगत दशकदेखि यस किसिमको प्रदर्शनी गर्दै आएको छ। यसले विगतमा वी.पी. कोइराला, गणेशमान सिंह, मदन भण्डारी, नारायण गोपाल लगायतका व्यक्तित्वसँग सम्बन्धित ऐतिहासिक सामग्रीहरु प्रदर्शन गरेको छ। यसै क्रममा भिन्टेज तथा क्लासिक गाडीहरुको प्रदर्शनी पनि गत असार १० देखि सञ्चालनमा रहेको थियो।

यस वर्षको प्रदर्शनीको शुभारम्भ भाद्र २ गते ठीक १ बजे हुनेछ। बाँकी तीन दिन प्रदर्शनी विहान १० बजे देखि बेलुका ५ बजे सम्म खुला रहनेछ।

प्रदर्शनीमा नासा फाउण्डेसन नेपालको सहकार्य रहनेछ भने सेकुवा बाई किलो, हरिसिद्धि नेवा सुली, अननेके ब्युटी सलोन, फोटो किङ, जलपा वाटर्स, नींबू पानी तथा एएस रेन्टल सर्भिस जस्ता विभिन्न प्रायोजकहरुको सहयोग पनि रहनेछ।

सांस्कृतिक एवं ऐतिहासिक दृष्टिले महत्वपूर्ण यस प्रदर्शनीले आधुनिक नेपालमा महिलाहरुको योगदानबारे बुझ्न महत्वपूर्ण अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ।

वडा नं २६
Sadak 1
पुल सेन्टर