newa srijana

सहकारी ठगी प्रकरणमा जीबी राईका जेठान तथा पूर्वअध्यक्ष बम्जन १० लाख धरौटीमा रिहा

पोखरा । सूर्यदर्शन बचत तथा ऋण सहकारी ठगी प्रकरणका फरार अभियुक्त तथा संस्थाका पूर्वअध्यक्ष ज्ञानबहादुर बम्जनलाई कास्की जिल्ला अदालतले १० लाख रुपैयाँ धरौटीमा रिहा गरेको छ। आइतबार अदालतमा उपस्थित भई बयान दिएका बम्जनलाई न्यायाधीश शंकरकुमार राईको इजलासले धरौटीमा छाड्ने आदेश दिएको हो।

World link net

सहकारीको ठगी योजनामा संलग्न रहेको आरोपमा लामो समयदेखि फरार रहेका बम्जनले अदालतमा उपस्थित भई आफूमाथि लागेको अभियोग अस्वीकार गर्दै इन्कारी बयान दिएका थिए। जिल्ला सरकारी वकिल कार्यालयले पेस गरेको अभियोगपत्रअनुसार उनले सहकारीको अध्यक्ष रहँदा १ करोड ५४ लाख ४९ हजार ८३९ रुपैयाँ अपचलन गरेको दाबी छ। सहकारीबाट अपचलन भएको कुल १ अर्ब ५१ करोड रुपैयाँको सामूहिक दायित्वसमेत बम्जनमाथि कायम गरिएको छ।

बम्जनको पक्षबाट अधिवक्ताद्वय द्रोण दाहाल र निर्मलराज पौडेलले बहस गरेका थिए भने सहकारी पीडितको पक्षबाट अधिवक्ताहरू युवराज पराजुली, बिबि विष्ट र दीपक शर्मा पौडेलले बहस गरेका थिए। तर सरकारी वकिल भने बहसमा अनुपस्थित रहेका कारण पीडित पक्षले असन्तुष्टि जनाएका छन्।

सिटीजन फनिच्रर