newa srijana

तेस्रो टुँडिखेल तीज महोत्सवमा प्रसिद्ध कलाकारहरूको प्रस्तुति

नविना सिलवार 'खुईली' र रोजिना परियारसहित १० जना कलाकारले टुँडिखेल घन्काउने

पोखरा । पोखराको पुरानो टुँडिखेलमा जारी तेस्रो संस्करणको ऐतिहासिक टुँडिखेल तीज महोत्सव २०८२ अन्तर्गत बिहीबार गायिका नविना सिलवाल ‘खुईली’, रोजिना परियारलगायतका चर्चित कलाकारहरूले प्रस्तुति दिने भएका छन्। तारापति सुवेदी, रामजी पौडेल, नवराज अधिकारी, तुलसा जिसी, पार्वती गुरुङ, गगन गुरुङलगायतका कलाकार पनि बिहीबारको कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको छ।

“हाम्रो संस्कृति हाम्रो पहिचान, लोपोन्मुख संस्कृति जोगाउने हाम्रो अभियान” भन्ने नाराका साथ हरितालिका तीजको अवसरमा आयोजना गरिएको महोत्सव इन्द्रेणी एकीकृत विकास केन्द्रको आयोजना र विद्युतीय सवारी निर्माता कम्पनी बीवाईडीको मुख्य प्रायोजनमा सञ्चालन भइरहेको छ।

सिटीजन फनिच्रर

बुधबारको कार्यक्रममा प्रजापति पराजुली, जीवन दाहाल, प्रेमराज अधिकारी, नविन पौडेल, तारापति सुवेदी, सरला पाण्डे, शिवहरी ढुङ्गाना, लक्ष्मी नेपाली, टेक क्षेत्री, इन्द्रा गुरुङ, अम्बिका भण्डारी, सुदीप क्षेत्रीलगायतका कलाकारहरूले प्रस्तुति दिएका थिए। त्यस दिन एकल नृत्य प्रतियोगिता, छेलो हान्ने, ढिकी–जाँतो प्रतियोगिता र तीज गीत प्रतियोगितासमेत सम्पन्न भएका थिए। आयोजक केन्द्रका अध्यक्ष भानुभक्त अधिकारीका अनुसार यी प्रतियोगिताले महोत्सवलाई थप आकर्षक बनाएको छ।

Mountain run pokhara click

महोत्सव सम्पन्न गर्न टुर्बो बियरले सह–प्रायोजन गरेको छ भने गृहलक्ष्मी ग्यास र कर्मा इन्टरनेशनल इम्प्लोयमेन्ट प्रालि काठमाडौंले उप–प्रायोजन गरेका छन्। त्यस्तै, बाल्ट्रा होम एप्लिकेसन, राष्ट्रिय वाणिज्य बैंक र सालिको इन्स्योरेन्सले प्रायोजन गरेका छन्। राष्ट्रिय माध्यमिक विद्यालयले विशेष सहयोग पुर्‍याएको छ।

महोत्सवलाई सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय गण्डकी प्रदेश, पर्यटन तथा उद्योग मन्त्रालय गण्डकी प्रदेश, पोखरा महानगरपालिका, माछापुच्छ्रे गाउँपालिका, अन्नपूर्ण गाउँपालिका तथा पोखरा–१, २ र ३ नम्बर वडा कार्यालयले प्रवर्द्धन गरेका छन्। साथै गण्डकी मेडिकल कलेज, लेकसिटी पानी, कम्प्लिट गार्डेन न्युरोड पोखरा, गरिमा विकास बैंक, गौतम स्याङ्जा सुनचाँदी पसल चिप्लेढुङ्गा, प्रतिभा माध्यमिक विद्यालय, पराजुली आयल स्टोर पोखरा–१, कुँवर हार्डवेयर, लान्दुक पेट्रोलियम, पोखरा इन्टरनेट र निची बेबी चिप्लेढुङ्गाले सहयोग गरेका छन्।

Rabin photo