सुचना१

बेलायती जोडीको विश्व साइकल यात्रा पोखरामा पुगेर सम्पन्न, पर्यटन व्यवसायीबाट आतिथ्यपूर्वक स्वागत

पोखरा । बेलायतबाट साइकल यात्रामा पोखरा आएको जोडीलाई पोखरामा सम्मान गरेको छ । सात महिना सात दिनमा २० देश पार गर्दै करिब १४ हजार किलोमिटरको दूरी पूरा गरी पोखरा आइपुगेका हुन् ।

५१ वर्षीय थोस्टर ब्रुस र उनकी श्रीमती डा.एमा ब्रुस मंगलबार पोखरा आइपुगेका थिए । उनीहरूलाई पोखराका पर्यटन व्यवसायीले स्वागत गरेका हुन् । उनीहरुलाई पोखरा पर्यटन भ्रमर्ण वर्षका संयोजक गोपी भट्टराई, पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारी, पोखरा महानगरपालिका कृषि महाशाखा प्रमुख मनहर कडरिया लगाएतले अबिर खादाले स्वागत गरे ।

यसअघि नेपाल आइसकेका ब्रुस दम्पती यसपटक साइकल यात्रा गर्दै नेपाल आएका हुन् । नेपाल प्रकृति, संस्कृतिले धनी रहेको भन्दै साइकल यात्रीले नेपालको पर्यटन प्रर्वधनमा टेवा पुग्ने संयोजक भट्टराईले बताए ।

 

वडा नं २६
Sadak 1
पुल सेन्टर