सुचना१
newa srijana

एन प्याब्सन कास्की फुटसल उपाधि न्यु ग्यालेक्सीलाई, क्रिकेट प्रतियोगिता जारी

पोखरा । नेसनल प्याब्सन, कास्कीको आयोजनामा भएको फुटसल प्रतियोगिताको उपाधि न्यु ग्यालेक्सी माविले उपाधि चुमेको छ ।

शनिबार भएको फाइनल खेलमा अक्सफोर्ड स्कुललाई ३–१ ले पराजित गर्दै न्यु ग्यालेक्सीले उपाधि चुमेको छ । अक्सफोर्डले भने उपविजेतामा चित्त बुझायो । प्रतियोगितामा कास्की मोर्डनाइज्ड एकेडेमी र श्री रत्नज्योति मावि तेस्रो भएको फुटसल प्रतियोगिताको संयोजक केशब शरण पौडेलले जानकारी दिए ।

यस अघि भएको प्रतियोगितामा न्यु ग्यालेक्सीले नेशल क्रियशनलाई ७–० ले, श्री रत्न ज्योतिले न्यू लेखनाथलाई २–० ले, कास्की मोडनाईज्डले गोर्खा इंगलिसलाई ५–० ले, न्यु ग्यालेक्सीले त्रिवेणीलाई ५–० ले असक्फोर्डले साइनि· स्टारलाई टाई व्रेकरमा ३–१ ले, अक्सफोर्डले कास्की मोर्डनाइज्डलाई १–० र न्यु ग्यालेक्सीले श्री रत्नज्योतिलाई ४–१ ले पराजित गरेको थियो । फुटसल तर्फ कक्षा ११ र १२ का विद्यार्थीले मात्र सहभागिता जनाएका थिए । विजेता टिमलाई मंसीर २६ गते समापनका दिन पुरस्कार प्रदान गरिने छ ।

त्यसैगरी शनिबार नै भएको क्रिकेट प्रतियोगिता तर्फको पहिलो खेल सिद्धार्थ लवडेल अल्फा एकेडेमीलाई २ विकेटले पराजित गरेको छ । टस जिते व्याटिङ गरेको अल्फाले १० ओभरमा ५९ रन बनाउदा जवाफी व्याटिङमा सिद्धार्थ लवडेल ९ पइन्ट ४ ओभरमा ८ विकेट क्षेतीमा ६० रन बनाएको थियो ।

दोस्रो खेलमा अञ्जुली वोर्डिङले गण्डकी एकेडेमी ९ विकेटले पराजित गरेको छ । टस जितेर फिल्डिङ गरेको गण्डकीले १० ओभरमा ४२ रन बनाउदा जवाफी व्याटिङमा अञ्जुलीले ५ ओभरमा १ विकेटको क्षतीमा ओभरमा ४३ रन बनाएको थियो ।

तेस्रो खेलमा युनिभर्स बोर्डिङले सनराइजलाई ३ विकेटले पराजित गरेको छ । टस जितेर व्याटिङ रोजेको सनराईजले १० ओभरमा ५२ रन बनाउदा जावाफी व्याटिङमा युनिभर्सले ८ ओभरमा ७ विकेटको क्षतीमा ५३ रन बनाएको थियो ।

चौथो खेलमा ज्ञानज्योतिले कान्तिपुरलाई ७ विकेटले पराजित गरेको छ । टस जितेर फिल्डिङ गरेको ज्ञानज्योतिले १० ओभरमा ५२ रन बनाउदा जवाफी व्याटिङमा ८ ओभरमा ७ विकेटको क्षतीमा ५३ रन बनाएको थियो ।

औद्योगिक व्यापार मेला

त्यसैगरी शनिबार भएको अन्तिम खेलमा हेम्जा बोर्डिङले श्री रत्न ज्योतिलाई १४ रन ले पराजित गरेको छ । टस जितेर व्याटिङ गरेको हेम्जाले १० ओभरमा ७० रन बनाउदा श्री रत्न ज्योतिले ९ पइन्ट १ ओभरमा अल आउट हुदै ५६ रन बनाएको थियो ।

आइतबार पहिलो गेम विहान ८ बजे अक्सफोर्ड र लाविन रेसिडेन्सियल बीच पहिलो खेल हुने क्रिकेट प्रतियोगिताको संयोजकमा ज्ञानेन्द्र बहादुर थापा जानकारी दिए । क्रिकेट तर्फ कक्षा १ देखि १० सम्मका विद्यार्थीले सहभागिता जनाएका थिए । यस वर्ष एन प्याब्सन कास्कीले दोस्रो बृहत बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद प्रतियोगिता–२०८२ आयोजना गरेको छ ।

बाल प्रतिभा पहिचान मंसिर २४ देखि २६ गते सम्म पोखरा प्रदर्शनी केन्द्र र खेलकुद प्रतियोगिता मंसिर २० देखि २३ गते सम्म पोखरा रङ्गशालामा हुनेछ । कार्यक्रमको औपचारिक उद्घाटन भने मंसिर २४ गते हुनेछ ।

प्रतियोगितामा एन प्याब्सन कास्कीमा आवद्ध विद्यालयका १ हजार ५ सय विद्यार्थीले विभिन्न विधामा प्रतिस्पर्धा गर्ने एन प्याब्सन कास्कीका अध्यक्ष हेमन्त अधिकारीले जानकारी दिए । प्रतियोगितामा एन प्याब्सनमा आवद्ध ४३ वटा विद्यालयका विद्यार्थीले प्रतिस्पर्धा गर्नेछन् । विजेता विद्यालय तथा विद्यार्थीलाई ट्रफि मेडल प्रदान गरिने छ ।

महोत्सव कास्की तथा छिमेकेकी जिल्लाका निजि तथा सामुदायिक विद्यालयका विद्यार्थी, अभिभावकले समेत अवलोकन गर्न सक्ने भएकाले सहभागिता व्यापक रहने अधिकारीले जानकारी दिए ।

बाल प्रतिभा पहिचान अन्तर्गत सामूहिक लोकनृत्य, एकल गायन, चित्रकला, कविता वाचन, अभिनय, विज्ञान तथा प्रविधि, हस्तकला अन्तर्गत पात, पराल र चोयाबाट निर्मित सामग्रीहरु, र अंङ्ग्रेजी वक्तृत्वकला प्रतियोगिता रहेको एन प्याब्सन कास्कीका अतिरिक्त क्रियाकलाप प्रमुख राजु कायस्थले जानकारी दिए ।

अंङ्ग्रेजी वक्तृत्वकला प्रतियोगितामा कक्षा ९ देखि १२ सम्मका विद्यार्थीले सहभागिता जनाउने छन् भने अन्य प्रतियोगितामा कक्षा १ देखि १० सम्मका विद्यार्थीहरुको सहभागिता रहने एन प्याव्सन कास्कीका सचिव प्रेमराज अधिकारीले जानकारी दिए ।

Sadak 1
पुल सेन्टर