पोखरा । लामो समयदेखि पोखरामा रहेर हर्बल प्रोडक्ट मार्फत ग्राहकको मन जित्न सफल पोखरा हर्बल होम्सले नयाँ प्रोडक्टलाई ग्राहकसामु पस्केको छ । विशेषगरी कपालको समस्याबाट पीडित भएकाको लागि लक्षित गरेर ऋषि आदिवासी ब्रिङ्गामुलिका हर्बल हेयर आयल पोखरामा भित्राएको छ ।
भारतको कर्नाटकका आदिवासीले १ सय ८ वटा जडिबुटी मिसाएर हातले बनाएको यो तेललाई इम्पोर्ट गरेर बेच्न थालेको सञ्चालक कुमार प्रसाद बरालले जानकारी दिए । केही समयदेखि पोखरामा बिक्री भइरहेको यो तेलको प्रयोगकर्ताबाट सकारात्मक प्रतिक्रिया मिलिरहेको उनले खुलाएका छन् ।
फलस्वरुप सो रुमको रूप दिएर ग्राहकलाई सेवा दिन थालिएको उनले खुलाए । यो तेल पोखराका कस्मेटिक पसलमा पाइन्छ भने न्युरोडमा रहेका सो रुममा पुगरेर समेत खरिद गर्न सकिनेछ । कपालको समस्याको एउटै समाधान ऋषि आदिवासी ब्रिङ्गामुलिका हर्बल हेयर आयल हुने उनको विश्वास छ ।

यो तेलको मूल्य २ सय ५० एमएलको लागि एमआरपी १ हजार ५ सय रुपैयाँ रहेको छ भने ५ सय एमएलको लागि २ हजार ८ सय रुपैयाँ एमआरपी रहेको छ । यसको स्याम्पु समेत राम्रो रहेको उनले बताए । झण्डै ६ महिनामा यसको पूर्ण रुपमा नतिजा देखिने भएकोले गुणस्तरीयता हिसाबले यसको प्रयोग गर्न उनको सुझाब छ । बजारमा पाइने सस्ता प्रोडक्ट भन्दा राम्रो प्रोडक्ट प्रयोग गर्ने हो भने नतिजा राम्रो आउने उनको दावी छ ।
त्रिलोकी इन्टरनेशनलका सञ्चालक योगेश बर्णवालले पोखरा सहित जनकपुर, वीरगञ्ज, चितवन, काठमाण्डौ, बुटबल लगायतका नेपालका ८ ठाउँमा यसको सो रुम खोलिसकेको बताए । यो प्रोडक्टले कपाल झर्न रोक्ने उनको दावी छ। आदिवासीले आफ्नो हातले बनाएको होम मेड प्रोडक्ट भएको र भारतको कर्नाटकबाट इम्पोर्ट गरेर नेपालभर वितरण गर्ने काम आफूहरूले गरिरहेको उनले बताए । एक वर्ष अगाडिबाट बजारमा आएको यो प्रोडक्टका अधिकांश प्रयोगकर्ता सन्तुष्ट रहेको उनको भनाइ छ ।
पोखराको सो रुमको औपचारिक उद्घाटन भने केही समय पछाडि गर्ने तयारी गरिएको सञ्चालक बरालले जानकारी दिए । उनका अनुसार पछिल्ला दिनमा हर्बल प्रोडक्टमा ग्राहकको आकर्षणमा थप वृद्धि भएको छ ।





