सुचना१
newa srijana

छहरीखोलामा साल काट्दा विवाद, घाँटीमा हतियार प्रहार गर्ने पक्राउ

पोखरा । पुतलीबजार नगरपालिका-१३ छहरीखोलास्थित सामुदायिक वनको साल काट्ने विषयमा भएको विवाद हिंसात्मक बन्दा एक व्यक्ति धारिलो हतियार प्रहारबाट घाइते भएका छन्। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

सामुदायिक वनको साल रुख काट्ने विषयमा भएको वादविवादका क्रममा स्थानीय ४८ वर्षीय पूर्ण बहादुर अधिकारीलाई घाँटीको बायाँ भागमा धारिलो हतियार प्रहार गरी घाइते बनाइएको थियो। घटनापछि आरोपित फरार भएका थिए।

Pokhara महोत्सव

घटनाको सूचना पाएलगत्तै जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको विशेष अपरेशन टोलीले घटनामा संलग्न रहेको आरोपमा पुतलीबजार नगरपालिका-१४ धारापानी बस्ने ४९ वर्षीय विष्णु उर्फ टोप बहादुर अधिकारीलाई पक्राउ गरेको हो। प्रहरीले उनलाई पुतलीबजार नगरपालिका-१४ स्थित सतौं मैदानबाट नियन्त्रणमा लिएको थियो।

ज्यान मार्ने उद्योग मुद्दामा जिल्ला अदालत स्याङ्जाले सात दिनको म्याद थप गरी अनुसन्धानका लागि अनुमति दिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक कमल नेपालीले जानकारी दिनुभयो।

घाइते अधिकारीको हाल पोखरास्थित चरक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

पुल सेन्टर
वडा नं २६