सुचना१
newa srijana

जरिवाना तिरेर छुटेका अवैध पेट्रोल कारोबारी फेरि त्यही कसूरमा पक्राउ

पोखरा । स्याङ्जाको फेदीखोला गाउँपालिकामा अवैध रूपमा पेट्रोल सञ्चय र विक्री वितरण गरेको अभियोगमा एक व्यक्ति पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार फेदीखोला बजारमा रहेको गंगा एग्रोभेट पसलमा अवैध रूपमा पेट्रोल बिक्री भइरहेको सूचनाका आधारमा खटिएको प्रहरी टोलीले सो पसलमा छापा मारी २४ दशमलव ५ लिटर पेट्रोल बरामद गरेको छ।

सिटीजन फनिच्रर

पक्राउ पर्नेमा सोही स्थानका ४२ वर्षीय गंगा प्रसाद पौडेल रहेका छन्। अत्यन्त प्रज्वलनशील पदार्थ लुकाई छिपाई सञ्चय गरी विक्री गरिरहेको अवस्थामा उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

कालोबजार सम्बन्धी कसूर मुद्दामा पौडेललाई जिल्ला प्रशासन कार्यालय स्याङ्जाबाट सात दिनको म्याद थप लिई थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक सागर कार्कीले जानकारी दिएका छन्।

अनुसन्धानका क्रममा पौडेल यसअघि पनि यस्तै कसूरमा संलग्न भएको खुलेको छ। उनलाई पहिले पनि अवैध रूपमा पेट्रोल विक्री वितरण गरेको कसूरमा जिल्ला प्रशासन कार्यालयले २० हजार रुपैयाँ जरिवाना गरी छाडेको थियो।

Tiger cup
वडा नं २६