newa srijana

यौन तथा प्रजनन स्वास्थ्य सचेतना अभियान २४ विद्यालयमा

पोखरा । नेपाल परिवार नियोजन संघ कास्की शाखाले यौंन तथा प्रजनन् स्वास्थ्य सचेतना अभियान जारी राखेको छ ।

२४ वटा विद्यालय तथा कलेजमा अभियान संचालन गर्ने लक्ष्य सहित सुरु गरिएको अभियान १२ वटा विद्यालय तथा क्याम्पसमा पुगेको सभापति नवीन सिग्देलले जानकारी दिनुभयो ।

पछिल्लो समय पोखरा महानगरपालिका वडा नं २९ भण्डारढिक स्थित जन प्रकाश मा.विमा अभियान संचालन गरिएको छ ।

सिटीजन फनिच्रर

कार्यक्रम शुभारम्भ गर्दै पोखरा महानगरपालिका वडा नं २९ का वडा अध्यक्ष श्रीप्रसाद गुरुङले अभियानले स्वास्थ्य र शिक्षा दुवै विषय समेटेको उल्लेख गर्नुभयो ।

कार्यक्रममा जन प्रकाश माविका प्रधानाध्यापक शेखरनाथ शर्माले संघले विद्यालयमा अभियान संचालन गरेकोमा खुशी व्यक्त गर्नुभयो।

कार्यक्रममा नेपाल परिवार नियोजन संघ कास्कीका कोषाध्यक्ष विष्णु प्रसाद दाहाल, बरिष्ठ शाखा प्रवन्धक नव राज तिवारी र कर्मचारी सुरज चौधरीले सहजिकरण गर्नुभएको थियो ।

नेपाल परिवार नियोजन संघ कास्कीका सभापति नवीन सिग्देलको अध्यक्षतामा भएको कार्यक्रम बरिष्ठ शाखा प्रवन्धक नव राज तिवारीले संचालन गर्नुभएको थियो ।

Pokhara learners