newa srijana

वनमा जानाजानी डढेलो लगाउने दुई युवक पक्राउ

पोखरा । सामुदायिक वनमा जानाजानी आगो लगाएको आरोपमा प्रहरीले दुई युवकलाई नियन्त्रणमा लिएको छ।

वालिङ नगरपालिका-१४ स्थित हिमासिखर सामुदायिक वन क्षेत्रमा आगो लगाएको सूचना प्राप्त भएपछि प्रहरीले अनुसन्धान सुरु गरेको थियो। घटनाको भोलिपल्ट वडा प्रहरी कार्यालय वालिङबाट खटिएको प्रहरी टोलीले सोही ठाउँका १९ वर्षीय आसिक कुँवर र २० वर्षीय सुदिप कुँवरलाई नियन्त्रणमा लिएको हो।

सिटीजन फनिच्रर

स्थानीय बासिन्दा दुवै युवकलाई नियन्त्रणमा लिई प्रहरीले सब डिभिजन वन कार्यालय वालिङमा पठाएर थप अनुसन्धान र कानुनी कारवाहीको प्रक्रिया अघि बढाएको छ। हाल उनीहरू वडा प्रहरी कार्यालय वालिङको हिरासतमा रहेका जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी निरीक्षक सागर कार्कीले जानकारी दिए।

Mountain run pokhara click

वन क्षेत्रमा आगो लगाउने घटना बढ्दै गएपछि प्रहरी र वन कार्यालयले सतर्कता बढाएको छ। यस्ता घटनाले वन सम्पदालाई क्षति पुग्नुका साथै वातावरणमा समेत नकारात्मक प्रभाव पार्ने भएकाले कडाइका साथ कारवाही हुने प्रहरीले जनाएको छ।

Rabin photo