सुचना१
newa srijana

टिकट काउन्टरमा कार्यरत सात कर्मचारी लागुऔषध सेवन गरेको आरोपमा पक्राउ

पोखरा । काठमाडौं महानगरपालिका–१४ बल्खुस्थित सुमो तथा ईभी भ्यानका टिकट काउन्टरमा कार्यरत कर्मचारीहरूले लागुऔषध सेवन गरी यात्रु तथा पैदलयात्रीलाई दुःख–हैरानी दिएको भन्ने जनगुनासोपछि प्रहरीले सात जनालाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार प्राप्त सूचनाका आधारमा नेपाल प्रहरी अस्पताल महाराजगञ्जबाट आवश्यक प्राविधिक ल्याब टेक्निसियन, लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वर तथा प्रहरी वृत्त कालीमाटीबाट खटिएको संयुक्त टोलीले बल्खु क्षेत्रका टिकट काउन्टरहरूमा परीक्षण गरेको थियो । परीक्षणका क्रममा सात जना कर्मचारीले लागुऔषध सेवन गरेको पुष्टि भएपछि उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

सिटीजन फनिच्रर

पक्राउ पर्नेमा रौतहटको परोहा नगरपालिका–४ घर भई हाल काठमाडौं बल्खु बस्ने २० वर्षीय बसन्त कुमार यादव, चितवनको कविलास स्थायी घर भई हाल काठमाडौं लैनचौर बस्ने २७ वर्षीय साजन गुरुङ र तनहुँको बन्दीपुर गाउँपालिका–२ घर भई हाल ललितपुर सातदोबाटो बस्ने २३ वर्षीय पारस गुरुङ रहेका छन् ।

त्यसैगरी तनहुँको बन्दीपुर गाउँपालिका–११ घर भई हाल काठमाडौं बल्खु बस्ने ३३ वर्षीय अनुप गुरुङ, झापाको दमक नगरपालिका–३ घर भई हाल काठमाडौं बल्खु बस्ने ३८ वर्षीय बिक्की श्रेष्ठ, काठमाडौं महानगरपालिका–१४ बल्खु बस्ने ४२ वर्षीय अर्जुन भण्डारी र धादिङको गल्छी गाउँपालिका–४ घर भई हाल चन्द्रागिरी नगरपालिका–थानकोट बस्ने २४ वर्षीय अस्मिन लामिछाने पनि पक्राउ परेका छन् ।

प्रहरीले उनीहरूलाई काठमाडौं जिल्ला अदालतबाट लागुऔषध सेवन कसुरमा पाँच दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान अघि बढाएको जनाएको छ ।

Tiger cup
वडा नं २६