newa srijana

अर्जुनचौपारीमा महिलामाथि जबरजस्ती करणी आरोपमा एक जना पक्राउ

पोखरा । जबरजस्ती करणी गरेको आरोपमा स्याङ्जा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पीडित पक्षको जाहेरीका आधारमा जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको प्रहरी टोलीले अभियुक्तलाई पक्राउ गरी अनुसन्धान अगाडि बढाएको हो।

प्रहरीका अनुसार परिवर्तित जिल्ला ४० अन्तर्गत एक महिलामाथि जबरजस्ती करणी भएको भन्दै पीडित पक्षले जिल्ला प्रहरी कार्यालय स्याङ्जामा जाहेरी दिएको थियो। जाहेरी प्राप्त भएपछि प्रहरीले आरोपित व्यक्तिको खोजतलास सुरु गरेको थियो।

सिटीजन फनिच्रर

खोजतलासका क्रममा स्याङ्जा जिल्लाको अर्जुनचौपारी गाउँपालिका–१ माटेथर निवासी सूर्यबहादुर रोका लुकिछिपी बसेको अवस्थामा पक्राउ परेका हुन्। प्रहरी नायव उपरीक्षक प्रसन्न राज चौधरीका अनुसार उनी अर्जुनचौपारी क्षेत्रबाट पक्राउ परेका हुन्।

Mountain run pokhara click

पक्राउपछि आरोपित व्यक्तिलाई जबरजस्ती करणी मुद्दामा अनुसन्धान अघि बढाउन स्याङ्जा जिल्ला अदालतबाट सात दिनको म्याद थप अनुमति लिइएको छ। घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको र अनुसन्धान पूरा भएपछि कानुन बमोजिम आवश्यक कारबाही प्रक्रिया अगाडि बढाइने जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ।

Rabin photo