सुचना१
newa srijana

अन्नपूर्ण गाउँपालिकाको १९औं गाउँसभा सम्पन्न, विकास र योजनामाथि विस्तृत छलफल

पोखरा । अन्नपूर्ण गाउँपालिकाको १९औं गाउँसभा सफलतापूर्वक सम्पन्न भएको छ। गाउँपालिकाको यस महत्वपूर्ण सभामा विकास निर्माणका कार्य, योजनाहरूको प्रगति समीक्षा तथा चालू आर्थिक वर्षको कार्यसम्पादनबारे विस्तृत छलफल गरिएको छ।

गाउँसभामा गाउँपालिका अध्यक्ष विष्णु बहादुर केसीले हालसम्म सम्पन्न भएका विकास निर्माणका कार्य र सञ्चालनमा रहेका योजनाहरूको समग्र समीक्षा प्रस्तुत गर्नुभयो। उहाँले पर्यटन, कृषि तथा पूर्वाधार विकासका क्षेत्रमा हासिल भएका उपलब्धि र विद्यमान चुनौतीहरूबारे चर्चा गर्दै आगामी दिनमा योजनाको प्रभावकारी कार्यान्वयनमा जोड दिनुभयो।

“अन्नपूर्ण हिमालको काखमा अवस्थित यस गाउँपालिकाले पर्यटन र कृषिलाई मुख्य आधार बनाएर समृद्धिको यात्रा अघि बढाइरहेको छ,” अध्यक्ष केसीले बताउनुभयो।

सभामा चालू आर्थिक वर्षको कार्यप्रगति प्रतिवेदन प्रमुख प्रशासकीय अधिकृत चिरञ्जीवी बरालले पेश गर्नुभयो। प्रतिवेदनमा विभिन्न वडामा सम्पन्न भएका योजनाहरू, बजेट खर्चको अवस्था, सेवा प्रवाहको स्थिति तथा लक्षित उपलब्धिहरूको विस्तृत विवरण समेटिएको थियो। यसले गाउँपालिकाको समग्र कार्यसम्पादन मूल्यांकन गर्न महत्वपूर्ण आधार प्रदान गरेको छ।

Pokhara महोत्सव

गाउँसभामा सहभागी जनप्रतिनिधिहरूले विभिन्न विषयमा रचनात्मक सुझाव प्रस्तुत गर्दै विकासका प्राथमिकता र सुधारका सम्भावनाहरूमाथि छलफल गर्नुभएको थियो। सभाले गाउँपालिकाको विकास यात्रालाई अझ व्यवस्थित र गतिशील बनाउने प्रतिबद्धता व्यक्त गरेको छ।

४१७ दशमलव ७४ वर्ग किलोमिटर क्षेत्रफल र करिब २२ हजार जनसंख्या रहेको अन्नपूर्ण गाउँपालिकाले कृषि, पर्यटन, ऊर्जा तथा पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दै स्थानीय तहमा दिगो समृद्धि हासिल गर्ने लक्ष्य लिएको छ।

गाउँसभाको सभाध्यक्षता गाउँपालिका अध्यक्ष विष्णु बहादुर केसीले गर्नुभएको थियो। सभामा उपाध्यक्ष चन्द्रकला अधिकारी, कार्यपालिका सदस्य, वडाध्यक्ष, वडा सदस्य, कर्मचारी तथा सुरक्षाकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

पुल सेन्टर
वडा नं २६