पोखरा । प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनका लागि कास्की निर्वाचन क्षेत्र नम्बर २ मा मंगलबार १७ जनाले उम्मेदवारी दर्ता गराएका छन्।
निर्वाचन अधिकृतको कार्यालयमा मुख्य राजनीतिक दलसहित स्वतन्त्र उम्मेदवारले मनोनयन पत्र पेस गरेका हुन्। नेपाली कांग्रेसबाट माधव प्रसाद बास्तोला र नेकपा एमालेबाट रश्मि आचार्यले उम्मेदवारी दर्ता गराएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट उत्तम प्रसाद पौडेल चुनावी मैदानमा उत्रिएका छन्। नेकपा माओवादी केन्द्रबाट प्रेमबहादुर थापा र राप्रपाबाट हेम जंग गुरुङले मनोनयन पेस गरेका छन्।

अन्य दलमध्ये नेपाल कम्युनिष्ट पार्टीबाट हेमबहादुर थापा, मंगोल नेशनल अर्गनाइजेसनबाट ओमबहादुर गुरुङ र नेपाल मजदुर किसान पार्टीबाट विनिता अवालले उम्मेदवारी दिएका छन्।
उज्यालो नेपाल पार्टीबाट कुशल गुरुङ, नेशनल रिपब्लिक नेपालबाट ज्ञान राज गुरुङ, नेपाल जनमुक्ति पार्टीबाट ख्याम बहादुर गुरुङ र प्रगतिशील लोकतान्त्रिक पार्टीबाट दिपक भण्डारीले मनोनयन दर्ता गराएका छन्।
स्वतन्त्र उम्मेदवारका रूपमा विष्णु प्रसाद तिवारी, रामचन्द्र आचार्य, निरञ्जन कोइराला, निर्दोष विक्रम पौडेल र बसन्तराज घिमिरेले उम्मेदवारी दिएका छन्।
फागुन २१ गते हुने उपनिर्वाचनका लागि सबै उम्मेदवारले आ–आफ्नो चुनावी तयारी थालेका छन्। निर्वाचन अधिकृतको कार्यालयले मनोनयन दर्ता प्रक्रिया सफलतापूर्वक सम्पन्न भएको जनाएको छ।





