newa srijana

स्याङजामा बैंक गार्डमाथि चक्कु प्रहार गरेको आरोपमा पक्राउ

पोखरा । स्याङजाको विरुवा गाउँपालिकामा बैंकको सुरक्षा गार्डलाई चक्कु प्रहार गरी घाइते बनाएको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

विरुवा गाउँपालिका–१ स्थित गरिमा विकास बैंकको सुरक्षा गार्डमाथि चक्कु प्रहार गरेको आरोपमा बिरुवा १ बस्ने ३० वर्षीय महेन्द्र नारायण श्रेष्ठलाई प्रहरीले विरुवा बजारबाटै पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रनाउ प्रसन्नराज चौधरीले यसबारे जानकारी दिएका छन्।

सिटीजन फनिच्रर

ज्यान मार्ने उद्योगको कसूरमा माघ १४ गते जिल्ला अदालत स्याङजाले आरोपीलाई सात दिनको म्याद थप गरिदिएको छ। प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

घटनामा सुरक्षा गार्डको शरीरका विभिन्न भागमा चक्कु प्रहार भएको र उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। घटनाको वास्तविक कारण भने खुल्न सकेको छैन।

Press register 3