newa srijana

पूर्व भलिबल खेलाडी राजकुमार अधिकारी सम्मानित

पोखरा । पूर्व भलिबल खेलाडी राजकुमार अधिकारी सम्मानित भएका छन् । छैटौँ टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रण क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिताको अवसरमा जिल्ला भलिबल संघ कास्कीका पूर्वसदस्यसमेत रहेका अधिकारीलाई सम्मान गरिएको हो ।

सिटीजन फनिच्रर

अधिकारीले पोखरामा २०५८ सालमा पहिलो पटक राष्ट्रिय भलिबल प्रतियोगिता आयोजना गर्न संयोजकको भूमिका निर्वाह गर्दै भलिबल खेलको विकासमा उल्लेखनीय योगदान दिएका थिए । आयोजक टाइगर ग्रुप अफ पोखरा नेपालले अधिकारीसहितसहित प्रशिक्षक कुमार राई र राष्ट्रिय भलिबल खेलाडी हिमाल सुनारीलाई सम्मान गरेको हो ।

महिला भलिबल खेलाडी उत्पादनमा महत्वपूर्ण योगदान पु¥याउँदै आएका न्यू डायमण्ड यूथ स्पोट्र्स क्लबका प्रशिक्षक कुमार राईलाई पनि सम्मान गरिएको हो । यस्तै एनएसजेएफ पल्सर स्पोट्र्स अवार्ड २०८१ अन्तर्गत ‘पिपुल्स च्वाइस अवार्ड’ विजेता भएका हिमाललाई पनि उक्त अवसरमा सम्मान प्रदान गरिएको थियो ।

अनिल multipurpose
निरञ्जन कोइराला स्वतन्त्र उम्मेदवार
वडा नं २६