पोखरा। पोखरा महानगरपालिका वडा नं ३२ लामेआहालस्थित राधाकृष्ण बृद्धाश्रममा नेपाल लाइफ इन्स्योरेन्स कम्पनि लिमिटेडको सहयोगमा चार लाख रुपैयाँ बढी लागतमा सुविधासम्पन्न भान्छाघर निर्माण गरिएको छ ।
निर्मित भान्छाघरको आज आयोजित एक कार्यक्रमका बीच कम्पनीका सञ्चालक कृष्णराज लामिछानेले शिला अनावरणसँगै औपचारिक रुपमा बृद्धाश्रमलाई हस्तान्तरण गर्नुुभयो ।
कार्यक्रममा सञ्चालक लामिछानेले संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत बृद्धाश्रमममा सुविधासम्पन्न भान्छाघर निर्माणका लागि सहयोग गरेको बताउनुुभयो ।

कार्यक्रमका सहभागीलाई स्वागत गर्दै बृद्धाश्रम सञ्चालक समितिका अध्यक्ष विश्वराज लामिछानेले सहयोगका प्रति आभार व्यक्त गर्नुुभयो ।
विभिन्न सहयोगदाताको सहयोगमा बृद्धाश्रमका भौतिक पूर्वाधार निर्माणसँगै यसको सञ्चालनमा सहयोग पुुगेको बताउँदै उहाँले यस किसिमका सहयोग निरन्तर आवश्यक भएको बताउनुभयो ।
नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका गण्डकी प्रदेश प्रमुख सहदेव अधिकारीको सभापत्वि एवम् पोखरा शाखा प्रमुख उपेन्द्रराज तिमल्सिनाले सञ्चालन गर्नुुभएको कार्यक्रममा कम्पनी एवम् बृद्धाश्रम सञ्चालक समितिका पदाधिकारी एवम् सदस्यहरूको उपस्थिति थियो ।





