newa srijana

छोराको जन्मदिनमा बाबाआमा परोपकार : मानव सेवा आश्रम र सहारा एकेडेमीलाई सहयोग

पोखरा । यूकेमा रहेका सचित गुरुङको १९ औं जन्मोत्सवमा उनका बाबा चन्द्रबहादुर र आमा शान्ता गुरुङले पोखराका दुई सामाजिक संस्थालाई आर्थिक तथा खाद्यान्न सहयोग गरेका छन् ।

छोराको जन्मदिनमा गुरुङ दम्पतीले पोखरा छोरेपाटनमा रहेको मानव सेवा आश्रममा २५ हजार ५ सय रुपैयाँ नगद र बेलुकाको खानासहित खाद्यान्न सहयोग गरे । उनीहरुले सहारा क्लबले सञ्चालन गरेको सहारा एकेडेमीमा रहेका बालकहरुलाई पनि बेलुकाको खाना र खाद्यान्न सहयोग उपलब्ध गराए ।

मानव सेवा आश्रममा आयोजित सहयोग कार्यक्रममा चन्द्रबहादुर गुरुङ भावुक बने । ‘आश्रममा रहेका आमा र दिदीबहिनीहरुलाई देख्दा म भावुक बनेको छु, मेरो पनि आमा हुनुहुन्न । यहाँ आएर सहयोग गर्न पाउँदा खुसी लागेको छ,’ उनले भने । छोराको जन्मदिनमा फजुल खर्च गर्नुभन्दा श्रीमती शान्ता गुरुङसँगको सल्लाहमा असहाय र विपन्नलाई सहयोग पुगोस् भन्ने उद्देश्यले यो कदम चालेको उनले बताए ।

सिटीजन फनिच्रर

कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघकी महासचिव शोभा गौतमले सचितलाई जन्मदिनको शुभकामना दिदैं सहयोगप्रति आभार व्यक्त गरिन । ‘समाजमा धन भएकाहरु धेरै हुन्छन् । तर मन भएकाहरु कमै हुन्छन,’ मनाव सेवामा भएको कार्यक्रममा उनले भनीन्, ‘चन्द्र दाइहरु जस्तै ठूला मन भएकाहरुका कारण नै आश्रम चलिरहेको छ । आगामी दिनमा पनि सहयोगको अपेक्षा छ ।’

चन्द्रबहादुरले सहारा क्लबलाई पहिलेदेखि नै सहयोग गर्दै आएका छन् । सहारा एकेडेमीमा चन्द्रबहादुर र उनकी श्रीमती शान्ता गुरुङसहित चन्द्रका ४ दाजुभाइले एउटा कोठा समेत निर्माण गरेका छन् । एकेडेमीमा रहेका बालकहरुको शिक्षा र पालनपोषणमा सहयोग पुगोस् भनेर उनले जन्मदिनको अवसर पारेर खाद्यान्न सहयोग गरेका हुन् ।

सचित गुरुङ अहिले १९ वर्षमा लागेका छन् । उनी हाल यूकेमा बसेर सिभिल इन्जिनियरिङ विषय अध्ययन गरिरहेका छन् । बुवा चन्द्रबहादुर नेपाल आएको बखत छोराको जन्मोत्सव पारेर पोखरामा रहेको २ संस्थाहरुलाई सहयोग गरिएको हो । उक्त सहयोग कार्यक्रममा सचितकी बज्यै धनमाया गुरुङ, मामा विकाश गुरुङ, माइजु सुमिना गुरुङ, दिदी सनिजा गुरुङ र सोल्टीनी सुदिया गुरुङ सहभागी थिइन् ।

अनिल multipurpose
आहा रारा
वडा नं २६