पोखरा । नेपाली काँगेसको तर्फबाट कास्की निर्वाचन क्षेत्र नं २ का उम्मेदवार माधव प्रसाद बास्तोलाको घरदैलो कार्यक्रम तीव्र पारिएको छ । बुधबार पोखरा–७ का विभिन्न टोलमा उम्मेदवारसहित काँग्रेसका नेता तथा कार्यकर्ता बिहानैदेखि मतदाताको घरदैलोमा पुगेर सुझाव संकलन र मत माग्न व्यस्त देखिन्थ्य ।
पोखरा–७ को मासवारबाट सुरु गरिएको घरदैलो कार्यक्रम शान्तिनगरचोक नुवारथोक, बुलौदी, रत्नचोक, राष्ट्रबैंक चोक, टुरिष्ट वसपार्क, माछापुच्छ्रे टोल, अन्नपूर्णटोल, सिमलचौर,मुस्ताङ्चोक,प्रगतिनगर, घारिपाटन, राधकृष्ण टोलमा घरदैलो कार्यक्रम गरिएको जानकारी नेपाली काँग्रेस वडा नं ७ का सभापति नवीन बरालले दिए ।
भोट माग्दै गरेका उम्मेदवार बास्तोलालाई वुढावुढीदेखि जेन्जीसमुहले विजयको आर्शीवाद दिएका थिए । घरदैलोसँगै रत्नचोकमा गरिएको कोण सभालाई सम्बोधन गर्दै उम्मेदवार बास्तोलाले जेन्जी समुहका माग काँग्रेसले पुरा गर्ने बताए ।
नेपाली काँग्रेस सुशासन, समृद्धि र जेन्जीका मागलाई सम्बोधन गर्दै काँग्रेस अगाडि वढ्छ, उनले भने– “काँग्रेस खुला किताव हो, यहाँ जुनसुकै मानिस पनि स्वतन्त्र रुपमा आफ्ना हरेक क्रियाकलाप गर्न सक्ने वातावरण काँग्रेसमा मात्र छ, अरु पार्टीका छैन ।”

लामो समयदेखि प्रजातन्त्रका लागि लड्दै आएको नेपाली काँग्रेस बलियो पार्टी भएको देख्ने चाहना हरेक नेपालीको चाहना भएकाले त्यसै अनुसार पार्टी अगाडि वढ्ने भनाइ उनको छ । काँग्रेसले विशेष महाधिवेशनबाट पार्टी सभापति युवालाई नै सुम्पिएको बताउँदै उनले आफ्नो विचारमा स्पष्ट रहेको नेपाली काँग्रेस संविधान संशोधन मार्फत संविधानका त्रुटी कमजोरी सच्याएर अगाडि वढ्ने प्रतिवद्धता मतदाता माझ व्यक्त गरे ।
घरदैलो कार्यक्रममा नेपाली काँग्रेसका नेता सोभियत बहादुर अधिकारी,बीरेन्द्रनारायण विजुक्छे, दुर्गा तिमिल्सेना, किरण केसी, केशर निर्दोषी लगायतका नेता सहभागी थिए ।
त्यसैगरी मंगलबार पोखरा–१५ को कोलपाटन, रामबजार,नयाँगाउँ, टुटुङ्गा हरियोखर्क लगायतका स्थानमा मतदाताको घरदैलो कार्यक्रम सम्पन्न भएको छ । घरदैलोको क्रममा खानेपानी, पुल,सडक, ढल लगमस्या ायतका स ायतका समस्या मतदाताले राखेका थिए ।
घरदैलोकै क्रममा हरियोखर्क निवासी ६७ वर्षीया बिभा तामाङले माधबप्रसाद बास्तोलासहितको समुह भोट माग्न पुग्दा कुलतमा फसेका युवालाई सही बाटोमा ल्याउन माग राखेकी थिइन् । जेन्जी समुहकै युवाहरु कुलतमा छन्, उनीहरुलाई सही बाटोमा ल्याउने काम नेपाली काँग्रेसले गर्नुपर्यो ।






