newa srijana

वैवाहिक बर्षगांठको अवसरमा पोखरा वृद्धाश्रममा भोजन

पोखरा । बैवाहिक जीवनको पच्चिस बर्ष पुरा भएको अवसरलाई मानवसेवामा रुपान्तरण गर्दै यहाँका एक जना सञ्चारकर्मीले पोखरा वृद्धाश्रममा आश्रित जेष्ठनागरिकको लागि भोजनको व्यवस्था गर्नुभएको छ । नेपाल टेलिभिजन पोखरा समाचार दाता गिरिधारी पोखरेलले आप्mनो वैवाहिक बर्षगाँठ वृद्धाश्रमका बुवा आमासंग मनाउनु भएको हो ।

सामान्यतया यस्ता खुशीका क्षण तारे होटल वा औपचारिक कार्यक्रममार्पmत मनाइने प्रचलन बढि रहेको वर्तमान अवस्थामा शर्माले त्यस्तो फजुल खर्च कटाएर समाजका असहाय र विपन्न जेष्ठ नागरिकसंग खुशी साट्ने निर्णय गरेको बताउनु भयो । श्रीमती लक्ष्मी, छोरा सुमित र छोरी समृद्धि पोखरेल तथा दाजु ऋषिराम पोखरेलले आश्रममा आश्रित जेष्ठनागरिकलाई खानाको व्यवस्था गर्नुभएको थियो ।

 

सिटीजन फनिच्रर

समाजका विपन्न्न एवम् असहाय जेष्ठ नागरिकको पालन पोषण गर्ने मुख्य लक्ष्यका साथ २०५२ सालमा स्थापना भएको आश्रममा हाल सेवक सेवीका सहित ४५ जना रहेको पोखरा वृद्धाश्रमका अध्यक्ष कुशुमकेशव पराजुलीले जानकारी दिनुभयो ।

प्रत्येक महिना चार लाख ५० हजार भन्दा बढी खर्च हुने गरेको बताउँदै उहाँले भन्नुभयो पछिल्लो समय वैवाहिक एवम् जन्मोत्सव जस्ता खुशीका क्षण तथा पित्रीको सम्झनामा दाताहरुले सहयोग गर्दै आउनु भएको छ ।

उहाँका अनुसार व्यक्तिगत खुशीलाई समाजसेवासंग जोड्दै गरिएको यस्तो कार्यले वृद्धाश्रम सञ्चालनमा महत्वपूर्ण सहयोग पुगेको बताउँदै खानाको लागि १५ हजार रुपैया आश्रमले लिने गरिएको छ । हाल आश्रममा ४५ जना विपन्न तथा असहाय जेष्ठनागरिक आश्रित हुनुहुन्छ ।

अनिल multipurpose