newa srijana

शृङ्खलाको २८२ औं नियमित रचना वाचन कार्यक्रम सम्पन्न

पोखरा । साहित्य शृङ्खला पोखराको नियमित रचना वाचनको २८२औं शृङ्खला २०८२ साल चैत्र ७ गते शनिवारका दिन पश्चिमान्चल मा बि ,गैह्रापाटनको सभाहलमा विशिष्ट साहित्यकारहरुको उपस्थितिमा सङ्गम सांस्कृतिक मञ्चका कलाकारहरुको जनपक्षिय गित,कबिता,कथा र स्रस्टाहरुको अब्बल रचना वाचन सहित सम्पन्न भयो।

कार्यक्रममा टिप्पणिकार एबम त्रिभुवन बिश्वबिद्यालयका उप-प्राध्यापक निर्मल सापकोटाले वाचित रचना तथा गितहरुको मिहिन समीक्षा गरेका थिए।उक्त अवसरमा केहि रचना आलाकाँचा र धेरै जसो परिपक्व साहित्यिक रचना भएको बताएका थिए।शृङ्खलाको मञ्च आफैमा एउटा पाठशाला भएकाले सिकारु स्रस्टाहरु पनि खारिदै जाने कुरा उल्लेख गर्दै अधिकांश प्रस्तुतकर्ताका रचना तारिफयोग्य र नव आगन्तुकले सिक्नु पर्ने खालका भएको कुरा सो अवसरमा सुझाएका थिए।

कार्यक्रमको बिच बिचमा संगम सांस्कृतिक मन्चका कलाकारहरु बिकास लुङ्गेली,चियाङ तमु,डि बि बान्तवाको साँगितिक प्रस्तुतीले शृङ्खलाको रौनक बढाएको थियो।

World link net

लघुकथा प्रतिष्ठानका सल्लाहाकार अल्पबिराम पोखरेली,सचिव बिष्णु बास्तोला,कोषाध्यक्ष कृष्ण प्रसाद बास्तोला,सदस्य ढाकामोहन बरालले रोचक लघुकथा सुनाएका थिए।प्रतिष्ठानकै अध्यक्ष कल्याण पन्तले मुक्तक र सल्लाहाकार लक्ष्मण थापा र गिता तिवारीले कविता सुनाएका थिए।

कार्यक्रममा हृषीकेश बराल ´घृतकौशिक`,छविलाल आचार्य,लक्ष्मी प्रसाद पौडेल,लोचना अधिकारी,मिलन के सी,जमुना कायस्थले आकर्षक लयमा कविता वाचन गरेका थिए।

बरिष्ठ कलाकार यादबचन्द्र भुर्तेलले आफू सङ्गै पढ्ने साथीको जिवनमा आधारित कथा सुनाएका थिए।कर्यक्रममा शृङ्खलाका संस्थापक अध्यक्ष स्ट्रगल रानाको समेत उपस्थिती रहेको थियो।कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष लक्ष्मण गौतम हिमालीले गरेका थिए भने सन्चालन सचिव काजी गाउँलेले गरेका थिए।

सिटीजन फनिच्रर