newa srijana

आवाशीय निशुल्क गुणस्तरीय शिक्षा मार्फत आकर्षण बढाउँदै राधाकृष्ण गुरुकुल

पोखरा। पोखरा महानगरपालिका वडा नं ३२ लामेआहालमा सञ्चालित राधाकृष्ण गुरुकुल संस्कृत विद्यालयले आवाशीय गुणस्तरीय शिक्षामार्फत विद्यार्थी तथा अभिभावकलाई आकर्षित गरिरहेको छ ।

वैदिक गुरुकुलीय पद्धति अनुसारको शिक्षाका लागि विद्यार्थी तथा अभिभावकलाई आकर्षित गरिरहेको विद्यालयमा कक्षा ६ देखि १० सम्म विभिन्न जिल्लाका ३० जना विद्यार्थी अध्ययन गरिरहेका छन् ।

गुणस्तरीय शिक्षामा जोड दिदै आएको यस विद्यालयलाई वैदिक गुरुकुलीय पद्धति अनुसारको गुणस्तरीय शिक्षाका लागि महत्वपूर्ण केन्द्रका रुपमा विकास गर्ने लक्ष्य राखिएको विद्यालयका प्रधानाध्यापक प्रकाश उपाध्याय(रेग्मी)ले जानकारी दिनुुभयो ।

Mountain run pokhara click

उहाँका अनुसार विद्यालयले निशुल्क आवाश एवम् भोजनको व्यवस्था सहित विद्यार्थीलाई विभिन्न अतिरिक्त कृयाकलापमा पनि संलग्न गराउँदै आएको छ ।

विद्यालयले साप्ताहिक अतिरिक्त कृयाकलाप अन्तर्गत संस्कृतभाषा सम्भाषण, बक्तृत्कला, हाजिरीजवाफ, प्रवचन, वादविवाद, कविता, खेलकुद आदि सञ्चालन गरेको छ भने योगाभ्यास, संगीत शिक्षा आदि सञ्चालन गरिरहेको छ ।

सिटीजन फनिच्रर

वार्षिक रुपमा शैक्षिक अवलोकन भ्रमण, बनभोज जस्ता विभिन्न कृयाकलापका साथै अनुशासित तथा जेहेन्दार विद्यार्थीलाई विशेष छात्रबृत्तिको व्यवस्था समेत गरिएको उहाँले जानकारी दिनुुभयो ।

उहाँका अनुसार विद्यालयमा नेपाली, अंग्रेजी, गणित, सामाजिक, वेद, व्याकरण, संस्कृत भाषा, कर्मकाण्ड, गीत कम्प्युटर आदि विषय पठपाठन हुँदै आएका छन् ।

विद्यालयले यस शैक्षिक वर्षका लागि पनि कक्षा ६, ७, ८ र ९ मा सिमित सिटका लागि आवेदन फारम आह्वान गरेको उहाँले जानकारी दिनुुभयो ।

उहाँका अनुसार यही चैत २५ गतेदेखि सुरु गरिएको भर्ना वैशाख ९ गतेसम्म चल्नेछ ।

निम्बार्क सम्प्रदायको विस्तार गर्ने लक्ष्यका साथ विसं २०२२ मा राधाकृष्ण मन्दिर स्थापना भएपछिको महत्वपूर्ण उपलब्धिका रूपमा यहाँस्थित वृद्धाश्रम र गुरुकुल संस्कृत विद्यालयलाई लिने गरिएको स्थानीयवासी बताउँछन् ।

मन्दिर स्थापनाको पाँच दशकपछि विसं २०७० मा स्वीकृति प्राप्त गरी २०७१ सालबाट राधाकृष्ण गुरुकुल संस्कृत विद्यालय सञ्चालनमा ल्याइएको हो । शुक्लागण्डकीको पावन तट पोखरा र मुक्तिनाथको प्रवेशद्वार गगन, च्यवन आदि ऋषिहरूको तपस्थलिमा रहेको यस विद्यालयलाई महत्वपूर्ण शैक्षिक गन्तव्यका रुपमा विकास गर्न खोजिएको छ ।

Rabin photo