newa srijana

पोखरामा अफलाइन राइड सञ्चालन गर्दै मनपरी भाडा असुल्ने आरोपमा १३ चालक पक्राउ

पोखरा। पोखरामा अफलाइन राइड सञ्चालन गर्दै यात्रुसँग तोकिएको भन्दा बढी भाडा असुली र ठगी गर्ने १३ जना मोटरसाइकल तथा स्कुटर चालकलाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बैदामबाट खटिएको संयुक्त टोलीले पोखरा महानगरपालिकाका विभिन्न स्थानबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो।

सिटीजन फनिच्रर

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक गणेश पाण्डेका अनुसार पक्राउ परेकाहरूले पठाओ वा इनड्राइभ एपमा आबद्ध रहे वा नरही अफलाइन रूपमा मोटरसाइकल चलाउँदै यात्रुसँग मनपरी भाडा असुल्ने र अनावश्यक दुःख हैरानी दिने गरेको सूचनाका आधारमा यो कारबाही गरिएको हो।

Mountain run pokhara click

पक्राउ परेकाहरूमा विष्णु बहादुर नेपाली, राजन परियार, लिल बहादुर गुरुङ, प्रबिण थापा, नवीन थापा, दिपक कुमार गुरुङ, अम्मर बहादुर महतरा, माधव कुईकेल, बुद्धि बहादुर विक, बिक्की लामा, कृष्ण कुमाल, मिन बहादुर थापा र कृष्ण बहादुर गुरुङ रहेका छन्।

प्रहरीले उनीहरूमाथि आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाएको जनाएको छ।

Rabin photo