पोखरा । तमु प्ये ल्हु संघ यूके शाखाको क्होला सोंप्रे ट्हों (क्होलासोंथर) अध्ययन अवलोकन भ्रमण टोलीको शुभसाइतका लागि आज वैशाख ५ गते शनिबार तमु प्ये ल्हु संघमा ल्हेंगे पच्युद्वारा छ्योप पूजा सम्पन्न भएको छ।

भोलि वैशाख ६ गतेदेखि ११ गतेसम्म हुने उक्त भ्रमणमा संघका अध्यक्ष क्या. डेम बहादुर योज तमुको नेतृत्वमा जम्बो टीम लमजुङ र कास्कीको सिमानामा रहेको तमु समुदायको पैतृक थलो क्होलासोंथर पुग्नेछ। भ्रमण टोली तमु प्ये ल्हु संघ केन्द्रीय कार्यालय पोखराबाट प्रस्थान गरी लमजुङको भुजुङ हुँदै क्होला पुग्नेछ।





