newa srijana

फोटोपत्रकार प्रेम थापालाई ढाकामा अन्तर्राष्ट्रिय पुरस्कार

पोखरा । बंगलादेशको राजधानी ढाकामा आयोजित विशेष समारोहमा पोखरास्थित नेपाली फोटोपत्रकार प्रेम थापालाई प्रतिष्ठित आईएचआई फोटोजर्नलिस्ट एप्रिसिएसन अवार्ड २०२६ प्रदान गरिने भएको छ।

इम्पेरियल होटल इन्टरनेसनलको आईएचआई सेलिब्रेसन काउन्सिलद्वारा आयोजना हुने उक्त समारोहमा थापालाई फोटोपत्रकारिता, घटना दस्तावेजीकरण तथा सृजनात्मक दृश्य कथनका क्षेत्रमा पुर्‍याएको उल्लेखनीय योगदानका आधारमा यो सम्मान प्रदान गरिने लागिएको हो।

सिटीजन फनिच्रर

सिन्धुली जिल्लाको भीमस्थानका स्थायी वासिन्दा थापा लामो समयदेखि पोखरामा आधारित निजी क्षेत्र, सरकारी निकाय, गैरसरकारी संस्था र राष्ट्रिय सञ्चारमाध्यमका लागि फोटोपत्रकारको रूपमा कार्य गर्दै आएका छन्। नेपाली फोटोपत्रकारिताको क्षेत्रमा थापाको यो अन्तर्राष्ट्रिय उपलब्धिलाई पत्रकार समुदायले महत्त्वपूर्ण उपलब्धिका रूपमा लिएको छ।

Mountain run pokhara click

राष्ट्रिय फोटो पत्रकार संघ कास्कीका सचिव थापा चलचित्र पत्रकार संघ नेपाल कास्कीका कार्यसमिति सदस्य हुन् ।

Rabin photo