newa srijana

बुधबार महायज्ञमा भण्डारी परिवारद्वारा १ लाख ११ हजार १ सय रुपैयाँ योगदान

पोखरा । पितृ मोक्ष तथा शान्तिको अभिष्टले हेमजामा आयोजित श्रीमद् भागवत् सप्ताह ज्ञान–विज्ञान महायज्ञमा दाताहरूको उत्साहजनक सहभागिता निरन्तर बढ्दै गएको छ। यसैक्रममा पोखरा–०५, मालेपाटन निवासी टंकबहादुर भण्डारी तथा मिरासिंह भण्डारी के.सी.ले मानवसेवा आश्रम, हेमजाको अक्षयकोष श्रीवृद्धिका लागि आर्थिक सहयोग प्रदान गर्नुभएको छ।

बुधबार महायज्ञमा सहभागी जनाउँदै भण्डारी दम्पत्तीद्वारा १ लाख ११ हजार १ सय ११ रुपैयाँ याेगदान प्राप्त भएकाे छ ।

World link net

मानवसेवाको पवित्र भावनासहित गरिएको यस योगदानले आश्रममा आश्रित असहाय, बेसहारा तथा अभिभावकविहीन व्यक्तिहरूको व्यवस्थापन तथा सेवा विस्तारमा टेवा पुग्ने अपेक्षा गरिएको छ।

महायज्ञमार्फत संकलित सहयोगले दीर्घकालीन रूपमा आश्रमको अक्षयकोष सुदृढ बनाउँदै मानवसेवाको अभियानलाई थप प्रभावकारी बनाउन मद्दत पुगेकाे छ । उक्त सहयोगप्रति आयोजक समितिले भण्डारी परिवारप्रति हार्दिक आभार तथा कृतज्ञता व्यक्त‌ गरेको छ।

महायज्ञ पाेखरा २५ हेमजामा बैशाख २६ सम्म जारी रहने छ ।

सिटीजन फनिच्रर