newa srijana

पोखरामा फुटपाथ अतिक्रमण गर्ने २०२ सवारी कारबाहीमा

पोखरा । पोखराका विभिन्न मुख्य बजार क्षेत्रका फुटपाथमा अव्यवस्थित रूपमा पार्किङ गरिएका दुई पाङ्ग्रे सवारी साधनमाथि प्रहरीले कारबाही थालेको छ । जिल्ला प्रहरी कार्यालय कास्की, जिल्ला ट्राफिक प्रहरी कार्यालय र पोखरा महानगरपालिकाको नगर प्रहरीको संयुक्त टोलीले मंगलबार २०२ वटा सवारी साधनमाथि कारबाही गरेको हो ।

World link net

सभागृहचोक, न्यूरोड, चिप्लेढुङ्गा, महेन्द्रपुल, पालिखेचोक, नयाँबजार र पृथ्वीचोक क्षेत्रमा फुटपाथमै मोसा तथा स्कुटर पार्किङ गर्दा सर्वसाधारण र फरक क्षमता भएका व्यक्तिलाई आवतजावतमा समस्या भएपछि संयुक्त टोली परिचालन गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार फुटपाथमा पार्किङ गरी अवरोध सिर्जना गरेका १०१ वटा सवारी साधनलाई सम्बन्धित स्थानमै कारबाही गरिएको छ भने ८१ वटा स्कुटर र २० वटा मोटरसाइकल गरी १०१ वटा दुई पाङ्ग्रे सवारी साधन नियन्त्रणमा लिएर थप कारबाही प्रक्रिया अघि बढाइएको छ ।

सिटीजन फनिच्रर