newa srijana

विश्व कीर्तिमानी पर्वतारोही निर्मल पुर्जाको निधन

पाकिस्तानको ब्रड पिकमा गएको हिमपहिरोमा परी पुर्जासहित १० आरोही बेपत्ता, इलाइट एक्सपेडले गर्‍यो निधनको पुष्टि

पोखरा । विश्व कीर्तिमानी पर्वतारोही निर्मल पुर्जा (निम्स दाई) को पाकिस्तानमा निधन भएको छ। पाकिस्तानको ब्रड पिक हिमालमा गएको हिमपहिरोमा परी बेपत्ता भएका पुर्जाको निधन भएको उनी संस्थापक रहेको संस्था इलाइट एक्सपेडले जनाएको छ।

गत बिहीबार पाकिस्तानको कराकोरम हिमशृङ्खलामा रहेको ८ हजार ४७ मिटर अग्लो ब्रड पिकमा हिमपहिरो गएको थियो। उक्त घटनामा पुर्जासहित १० जना आरोही बेपत्ता भएका थिए।

सिटीजन फनिच्रर

बेपत्ता भएकामध्ये ६ जना नेपाली पर्वतारोही रहेका थिए। चार जनाको शव शुक्रबार नै फेला परेको जनाइएको थियो।

पुर्जा उक्त आरोहण टोलीका नेता थिए। उनले सन् २०१९ मा विश्वका ८ हजार मिटरभन्दा अग्ला १४ वटै हिमाल ६ महिनाभन्दा केही बढी अवधिमा आरोहण गरेर विश्व कीर्तिमान कायम गरेका थिए।

विश्वको १२औँ अग्लो हिमालका रूपमा रहेको ब्रड पिकलाई आरोहणका लागि चुनौतीपूर्ण हिमालमध्ये एक मानिन्छ।

Pokhara learners