newa srijana

पोखरामा नेपाल-जापान एक्सचेन्ज कन्सर्ट हुने

पोखरा र जापानको कोमागाने नगरबीच भगिनी सम्बन्ध कायम भएको २५ वर्ष पुगेको अवसरमा मंसिर ४ गते सांगीतिक तथा सांस्कृतिक कार्यक्रम आयोजना गरिने

पोखरा। पोखरामा नेपाल र जापानबीचको सांस्कृतिक, शैक्षिक तथा मैत्रीपूर्ण सम्बन्ध सुदृढ बनाउने उद्देश्यले ‘नेपाल–जापान एक्सचेन्ज कन्सर्ट–२०२६’ आयोजना हुने भएको छ। कास्की पोखरा समाज जापानको आयोजनामा हुने कार्यक्रममा जापानी र नेपाली कलाकारले सांगीतिक तथा सांस्कृतिक प्रस्तुति आदानप्रदान गर्नेछन्।

पोखरा महानगरपालिका र जापानको कोमागाने नगरबीच भगिनी सम्बन्ध कायम भएको २५ वर्ष पुगेको अवसरमा कार्यक्रम आयोजना गर्न लागिएको हो। संगीत र संस्कृतिमार्फत दुवै देशका नागरिकबीच आपसी सद्भाव, समझदारी र सांस्कृतिक आदानप्रदान प्रवर्द्धन गर्ने आयोजकको उद्देश्य छ।

सिटीजन फनिच्रर ..

कार्यक्रम मंसिर ४ गते दिउँसो ३:३० बजे पोखरा सभागृहमा हुनेछ। पोखरा महानगरपालिका तथा विभिन्न संघसंस्थाको सहयोग रहने कार्यक्रमको तयारीका लागि पोखराका विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधिको सहभागितामा बैठकसमेत सम्पन्न भएको छ। बैठकको अध्यक्षता पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले गरेका थिए।

बैठकमा नगर प्रमुख आचार्यले नेपाल र जापानबीचको सम्बन्ध कूटनीतिक तहमा मात्र सीमित नभई नागरिकस्तरको आत्मीयता, संस्कृति, शिक्षा र आपसी सहयोगमा समेत आधारित रहेको बताए।

Byd