newa srijana

अन्नपूर्ण गाउँपालिकामा दुई स्पेनि पर्यटक बेपत्ता भएकोमा एक जना पुरुषलाई मृत अबस्थामा भेटियो

अन्नपूर्ण गाउँपालिका
कास्कीको अन्नपूर्ण गाउँपालिका–९ तिखेढुङ्गा बाट आइतबार उल्लेरी हुँदै घोरेपानी जाने क्रममा दुई स्पेनि नागरिक इरिक कासानोभास र मोलास जुन्का मेसी सम्पर्क विहीन भएकोमा एक जना पुरुष इरिक कासानोभास मृत अबस्थामा एक किलोमिटर तल दुई ढुङ्खाको बिचमा फेला परेका छन् भने एक जना महिला मोलास जुन्का मेसीको खोजी जारी रहेको अन्नपूर्ण गाउँपालिका ९ का अध्यक्ष रमेश गुरुङ्ले बताउनु भयो ।

World link net


भुरुङदी खोलाको पुल नजिक पर्यटकका दुई वटा झोला आइतबार साँझ बाटोमा बेवारिसे अवस्थामा भेटिए पछि त्यही स्थान बाट खोज्नेकाम भएको थियो । बाटोमा झोला राखेर छहरामा फोटो खिच्ने क्रममा खोलामा खसेर बेपत्ता भएको हुन सक्ने आशंकाले सोमबार जनप्रतिनिधि, प्रहरी तथा स्थानीयवासी सहितको टोलीले खोजी कार्य गरे पनि भेट्टाउन नसकिएको जनप्रतिनिधि पुष्पा पुनले बताउनु भयो ।


मंगलबार अन्नपूर्ण गाँउपालिका अध्यक्ष विष्णु बहादरु केसीको टोली लगाएत, ससस्त्र प्रहरी बल कालीका गण मालेपाटन बाट ५ जना गोताखोर सहितको टोली, नेपाल प्रहरी ,जनप्रतिनिधि तथा स्थानीयवासी सहितको टोलीले खोजी कार्य गरेकोमा एक जनाको लास भेटिएको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष बिष्णु बहादुर केसीले जानकारी दिनु भयो ।

 

सिटीजन फनिच्रर