newa srijana

गण्डकी प्रदेशमा सात मन्त्रालय टुक्राएर नौ मन्त्रालय पुग्यो

पोखरा
असार १७ गते केन्द्रमा बनेको गठबन्धनअनुसार नेपाली कांग्रेस र नेकपा (एमाले) को सरकार बनाउन गण्डकी प्रदेशमा दुई वटा मन्त्रालय टुक्राइएको छ । कार्यविभाजन नियमावली संशोधन गरेर सातबाट मन्त्रालय संख्या ९ पु¥याउने निर्णय आइतबार बसेको मन्त्रिपरिषद् बैठकले गरेको हो । जसमा नेपाली कांग्रेसको भागमा मुख्यमन्त्रीसहित ५ र एमालेको भागमा ४ मन्त्रालय बाँड्ने सहमति भएको छ ।

 

World link net


हालको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयलाई टुक्राउने निर्णय भएको हो । अब उद्योग तथा पर्यटन मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, सामाजिक विकास र स्वास्थ्य छुट्टै मन्त्रालय हुने छन् । मन्त्रालय टुक्रिएपनि कार्य सञ्चालनमा खासै फरक नपर्ने मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले दाबी गर्नुभयो । हाल कांग्रेसको भागका ५ जनामा नेसपानिकट फणीन्द्र देवकोटा र स्वतन्त्र सांसद राजीव गुरुङ मन्त्री छन् ।
गण्डकीमा अब मुख्यमन्त्री तथा मन्त्रिपरिषद्, उद्योग तथा पर्यटन मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्रालय, आर्थिक मामिला मन्त्रालय, उर्जा, जलस्रोत तथा खानेपानी मन्त्री, कृषि तथा भूमि व्यवस्था मन्त्रालय, सामाजिक विकास मन्त्रालय र स्वास्थ्य मन्त्रालय हुनेछ । गण्डकीमा हाल मुख्यमन्त्रीसहित पाँच जना मन्त्री छन् । अब एमालेले चार जना मन्त्री सरकारमा पठाउने छ । एमालेले कुन–कुन मन्त्रालय लिने र हालका मन्त्रीको जिम्मेवारीबारे निर्णय भइनसकेको मुख्यमन्त्री पाण्डेले बताउनु भयो ।


गण्डकी प्रदेशमा ६० जना सांसद रहेकोमा कांग्रेसका २७, एमालेका २२, माओवादी केन्द्रका सभामुखसहित ७, राप्रपाका दुई, माओवादीको चुनाव चिन्हबाट जितेका नेसपाका एक, र एक जना स्वतन्त्र सांसद छन् ।

सिटीजन फनिच्रर