newa srijana

क्यान्सर पीडित थापाको उपचारमा टाइगर ग्रुपको सहयोग

स्याङ्जाका ४९ वर्षीय नरबहादुर थापा तीन महिनादेखि पोखरास्थित गण्डकी अस्पतालमा उपचाररत छन्

पोखरा । टाइगर ग्रुप अफ पोखरा नेपालले क्यान्सर पीडित नरबहादुर थापाको उपचारका लागि २५ हजार रुपैयाँ नगद सहयोग गरेको छ ।

सिटीजन फनिच्रर ..

स्याङ्जाको विरुवा गाउँपालिका-१ का थापा तीन महिनादेखि पोखरास्थित गण्डकी अस्पतालमा उपचाररत छन् । क्यान्सरजस्तो गम्भीर रोगसँग संघर्ष गरिरहेका उनको उपचारमा केही राहत पुगोस् भन्ने उद्देश्यले सहयोग गरिएको ग्रुपका अध्यक्ष नारायणप्रसाद शर्माले बताए ।

भलिबलको विकास, खेलाडीको प्रोत्साहन र खेलकुद प्रतियोगिताको आयोजनामा सक्रिय ग्रुपले स्वास्थ्य, शिक्षा, विपद् तथा मानवीय सहयोगका कामलाई पनि प्राथमिकतामा राख्दै आएको ग्रुपका उपाध्यक्ष देवेन्द्र केसीले बताए ।

Byd