पोखरा । अटोमोबाइल क्षेत्रमा लामो समयदेखि सक्रिय बराल ग्रुप पोखराले ‘पोखरा एक्स्चेन्ज एन्ड टेस्ट ड्राइभ कार्निभल’ आयोजना गरेको छ । बृहत अटोमोबाइल प्रदर्शनी माघ ५ गते शनिबारदेखि पोखरा इभेन्ट सेन्टर, बुलौंदीमा सुरु भएको छ । कार्निभल माघ ७ गते सोमबारसम्म हुनेछ ।
यो कार्निभल निसान, ओमोडा एन्ड जेइको र जिकर ब्रान्डको लागि अधिकृत डिलर ‘एलिट मोटर्स प्रा.लि.’, तथा लिपमोटर र सिट्रन ब्रान्डका लागि अधिकृत डिलर ‘एस.एस.एल मोटर्स कम्पनी’द्वारा आयोजना भएको हो । तीन दिने कार्यक्रममा सहभागीहरूले विभिन्न सवारीसाधनहरूको अवलोकन र टेस्ट–ड्राइभ गर्न सक्नेछन् । साथै आकर्षक छुटको अवसर प्राप्त गर्नेछन् ।
नेपाली अटोमोबाइल बजारका प्रख्यात र अग्रणी नामहरूः शारडा ग्रुप र गोल्छा अर्गनाइजेसनको सहकार्यमा कार्निभल आयोजना गरिएको हो । ओमोडा, जेइको, जिकर (इभि सेग्मेन्ट) र निसान म्याग्नाइट (पेट्रोल संस्करण) का पछिल्ला मोडलहरू यो समूहले नेपाली बजारमा बिक्री वितरण गरिरहेको छ । गोल्छा अर्गनाइजेसनले लिपमोटर र सिट्रन इ–सि–३ जस्ता अत्याधुनिक विद्युतीय सवारी साधनहरू प्रदर्शन गरिरहेको छ ।
कार्यक्रममा सहभागीहरूले यी सवारी साधनहरूको टेस्ट–ड्राइभ गर्ने, आफ्नो पुरानो तथा हालको गाडी एक्स्चेन्ज गर्दा आकर्षक एक्स्चेन्ज बोनसको फाइदा उठाउने र प्रतिस्पर्धात्मक बैंक ब्याजदरमा ८० प्रतिशतसम्म फाइनान्सिङसहित वित्तीय सहजीकरण सुविधा प्राप्त गर्न सक्ने व्यवस्था छ । साथै यस कार्निभलले सहभागीहरूलाई प्रख्यात गाडीका ब्रान्डहरूको नवीनतम मोडेलहरूको उत्साहजनक टेस्ट–ड्राइभका साथै र बजारको उत्कृष्ट प्रतिस्पर्धात्मक एक्सचेन्ज अफरहरूको लाभ लिन एक महत्वपूर्ण अवसर प्रदान गर्दछ ।
हरेक गाडीको खरिदमा निःशुल्क एक्सेसरिजको सुविधा र कम्प्लिमेन्टरि ‘अटो प्लस इन्सुरेन्स’ पनि समावेश छ । साथै, विद्युतीय सवारी साधन खरिद गर्नेहरूलाई घरमा नै सहज चार्जिङका लागि निःशुल्क ७ किलोवाटको वाल चार्जर प्रदान गरिनेछ । पोखरा एक्स्चेन्ज एन्ड टेस्ट ड्राइभ कार्निभलमा नयाँ गाडी खरिद गर्न चाहने, तथा गाडी तथा इभि पारखीहरूलाई कार्निभलमा कम्पनीले आमन्त्रण गरेको छ ।