barahi

कास्कीमा ‘महाभोज’को सुटिङ सुरु

पोखरा । दिनेश राउतको निर्देशनमा बन्ने फिल्म ‘महाभोज’को छायांकन कास्कीमा सुरु भएको छ ।

४५ दिनको तालिकासहित मंगलबार कास्कीको घाचोक गाउँमा सुटिङ सुरु भएको हो । चलचित्रको पहिलो सट अभिनेता खगेन्द्र लामिछाने र कलाकार मोहन निरौलाले दिए ।

गत साता काठमाडौँमा क्यामेरा तथा चलचित्रको स्क्रिप्ट पूजा गरिएको थियो । यस फिल्ममा आर्यन सिग्देल, दयाहाङ राई, खगेन्द्र लामिछाने, अञ्जना बराइली, गौमाया गुरुङ, मलिका महत, वसुन्धरा भुसाल, मोहन निरौला, बुद्धि तामाङ, कमलमणि नेपाल, पुष्कर गुरुङ, विनोद न्यौपाने, आभा अर्याल, वीरेन्द्रसिंह कुशवाहलगायतको अभिनय छ ।

Sadak 1

आठौँ चलचित्रको रूपमा निर्देशन गरिरहेको निर्देशक राउतले समाजमा हुने विश्वासघात र भ्रष्टाचारविरुद्धको कथामा ‘महाभोज’ बनाइरहेको जनाए । चलचित्रलाई क्लक वर्क क्रियसन र पिक्चर फ्रेमले संयुक्त निर्माणमा बन्ने फिल्मका निर्माता हिमाल कडरिया हुन् ।

विकास सुवेदीले लेखेको फिल्मको छायाकार राजेश श्रेष्ठ हुन् ।

Leave A Reply

Your email address will not be published.