लेक्जिङटन केन्टकी, अमेरिका । प्रवासी नेपाली मञ्च ओ.एन.एफ. केन्टकी राज्य कमिटी अमेरिकाको तेस्रो अधिवेशन केन्टकीको लेक्जिङटन सहरमा भव्यताका साथ सम्पन्न भएको छ । ओएनएफ केन्टकी राज्य कमिटी अध्यक्ष टेकराज भट्टराईको अध्यक्षता एवं ओएनएफ अमेरिका महादेशीय कमिटी सदस्य केशवराज लोहनीको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनले शिवशंकर देवकोटाको अध्यक्षतामा सर्वसम्मत नयाँ नेतृत्व चयन गरेको हो ।
अधिवेशनले उपाध्यक्षमा अनुप बस्नेत, सचिवमा गणेश अधिकारी, उपसचिवमा बल टमाटा चयन भए । त्यस्तैगरी सदस्यहरूमा पुरुषोत्तम सापकोटा, जयराम तिमिल्सिना, बिमल बडाल, जीवन शाही, केशव बस्नेत, जनक ढकाल, त्रिपुरा सुन्दरी पौडेल, निराजन चौधरी र एकजना पछि कमिटीले मनोनित गर्ने गरी १३ सदस्यीय कमिटी चयन भएको छ ।
अधिवेशनलाई सम्बोधन गर्दै प्रमुख अतिथि ओएनएफ अमेरिका महादेश कमिटी सदस्य लोहनीले ओएनएफ अमेरिकाको कानुनअनुसार सामाजिक संस्थाको रूपमा दर्ता भई सोहीअनुसार आफ्ना सामाजिक कार्यहरू गरिरहेको बताए । साथै ओ.एन.एफ.ले नेपाल तथा अमेरिका दुवै देशमा विभिन्न खालका सामाजिक कार्यहरू गर्दै आइरहेको पनि उनको भनाइ थियो । ओएनएफले स्थानीय संघसंस्थाहरूसँग सामाजिक कार्यका लागि हातेमालो गर्दै अगाडि बढिरहेको र आगामी दिनमा समेत यसलाई निरन्तरता दिने लोहनीले बताए ।
त्यस्तै अधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै ओ.एन.एफ. अमेरिकाका राष्ट्रिय कमिटी उपाध्यक्ष गोपाल कँडेलले संस्थाले गरिरहेका सामाजिक कार्य तथा समग्र नेपाल तथा अमेरिकामा गरिरहेका विभिन्न सामाजिक कार्यहरूको बारे प्रकाश पारे ।
राष्ट्रिय कमिटी सचिव तथा संगठन विभाग प्रमुख छवि पाण्डेले अन्तर्राष्ट्रिय कमिटी र राष्ट्रिय कमिटीको प्रमुखहरूको तर्फबाट संस्थालाई अधिवेशनको सफलताको शुभकामना सन्देश पठाएको जानकारी दिए । उनले संगठनको समग्र सांगठनिक प्रक्रिया विधि तथा यसको प्रक्रिया सदस्यता विस्तार सम्बन्धी प्रकाश पारे ।
अधिवेशनको उद्घाटन समारोहमा ओएनएफ राष्ट्रिय कमिटी उपसचिव थोमस बास्तोला, युएनडीओका भाइस प्रेसिडेन्ट तथा सामाजिक व्यक्तित्व शशिचन्द्र अधिकारी राष्ट्रिय कमिटी सदस्य घनश्याम खनाल, मोहनी डुम्रे तथा राष्ट्रिय कमिटी सल्लाहकार एकनारायण सुवेदी एनआरएनए केन्टकी च्याप्टरका अध्यक्ष सुन्दरमणि पौडेल, एन.ए.एस.के.का अध्यक्ष बद्री दाहाल, ए.एन.के.ए. का सचिव भरत उप्रेती, प्रवासी नेपाली मञ्च ओहायो, राज्य कमिटी अध्यक्ष विजय थापालगायत स्थानीय सङ्घसंस्थाका प्रतिनिधिहरूले शुभकामना दिए । ओएनएफ केन्टकीले सञ्चालन गरेको संगठन विस्तार तथा सामाजिक कार्यहरूको प्रशंसा पारेका थिए ।
वक्ताहरूले ओएनएफ केन्टकीकै एक अग्रणी सामाजिक संस्थाको रुपमा स्थापित भएको साथै सामाजिक कार्यमा हातेमालो गर्नसमेत आग्रह गरे । त्यस्तै संस्थालाई आर्थिक सहयोग गर्ने जी.टु.एस कन्सल्टेन्सिङका प्रोपाइटर गोविन्द कार्कीलगायत आर्थिक सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गरे ।
अधिवेशनले संस्थाले गरेका सामाजिक तथा सांगठनिक गतिविधि र आगामी कार्ययोजनासहितको पाँच पृष्ठको प्रतिवेदन पारित गरेको छ । कार्यक्रमको सञ्चालनसचिव शिव देवकोटाले गरेका थिए र स्वागत मन्तव्य उपसचिव अनुप बस्नेतले राखेका थिए ।
कार्यक्रमका अध्यक्ष टेकराज भट्टराईले आफ्नो कार्यकाल र अधिवेशन सफल बनाउन सहयोग गर्ने सबै पक्षलाई धन्यवाद दिए । आगामी दिनहरुमार्फत अझ सशक्त ढंगले सामाजिक गतिविधिमा सक्रिय हुने उनले प्रतिबद्धता व्यक्त गरे ।
नवनिर्वाचित कार्यसमितिले आफ्नो पहिलो कार्यक्रमको रूपमा राष्ट्रिय कमिटी उपसचिव डा थोमस बास्तोलालाई अर्थशास्त्रमा विद्यावारिधि पीएचडी पूरा गरेकोमा संस्थाको तर्फबाट बधाई तथा सम्मान व्यक्त गर्दै मायाको चिनो प्रदान गरियो । त्यस्तै एन.आर.एन.ए केन्टकी च्याप्टरका निवर्तमान सचिव अर्जुन किशोर न्यौपानेको जन्मदिनको शुभकामना व्यक्त गर्दै केक काटेर उनको जन्मोत्सव मनाइ मायाको चिनो पनि प्रदान गरिएको थियो ।
नवनिर्वाचित अध्यक्ष देवकोटाले नयाँ कमिटी ओ.एन.एफ सांगठनिक तथा सामाजिक संस्थाको उद्देश्यअनुरूप केन्टकीमा क्रियाशील हुने प्रतिबद्धता जनाए ।