पोखरा । गण्डकी प्रदेश सरकारले प्रदेश स्थापना दिवसका अवसरमा मंगलबार सार्वजनिक बिदा दिएको छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले माघ २२ गते मंगलबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका उपसचिव सुरणप्रसाद शर्मा पौडेलले सूचना जारी गर्दै गण्डकी प्रदेशभित्रका सबै सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानमा सार्वजनिक बिदा दिने निर्णय भएको बताएका छन् ।