newa srijana

पोखराको लेकसाइडमा मिरक्याट पार्कः खाना, खेल, संगीत र समुदाय जोड्ने नयाँ थलो

पोखरा । पर्यटकीय राजधानी पोखराको लेकसाइडमा खाना, खेल, संगीत र समुदाय जोड्ने नयाँ थलाको शुरुवात भएको छ । पर्यटन राजधानी पोखरा लेकसाइडको स्ट्रिट नम्बर १७ मा ‘मिरक्याट पार्क’ सञ्चालनमा आएको हो ।

पोखराबाट सुरु भएको मिरक्याट इन नेपाल केन्द्रका रूपमा विकास गरिएको मिरक्याट इन नेपालका सञ्चालक सागर भट्टराईले जानकारी दिए । मिरक्याट पार्कमा खाना, कफी, वेलनेस, खेलकुद, संगीत, गेमिङ, सिर्जनशील गतिविधि तथा विभिन्न कार्यक्रमका लागि स्थान उपलब्ध छ । करिब ४ करोडको लगानीमा विभिन्न संरचनाहरु निमार्ण भएका छन् ।

मिरक्याटको मूल अवधारणा ‘ःभभत। ःयखभ। ःभभचपबत।’ अर्थात् मानिससँग भेट्ने, नयाँ ठाउँ र अनुभव साटासाट गर्ने थलोको रुपमा विकास गर्ने मिरक्याट इन नेपालको सोच छ । पहिले एप्सका रुपमा काम गर्दै आएपनि अहिले भने भौतिक रूपमा कार्यान्वयन गर्न मिरक्याट पार्क विकास गरीएको उनको भनाई छ ।

मिरक्याट पार्कमा विभिन्न व्यवसाय तथा उद्यमीले व्यवसाय, आफ्ना उत्पादन र अनुभव प्रस्तुत गर्ने ठाउँको रुपमा विकास भएको छ । पोखरा रोस्ट्री कफीले कफी तथा स्थानीय संस्कृतिको अनुभवसँगै कफीसम्बन्धी कक्षा सञ्चालन गर्नेछ । लावण्य वेलनेसले वेलने ससम्बन्धी सेवा उपलब्ध गराएको छ भने पोराले रोटिसेरी चिकेन तथा स्म्यास्ड बर्गरको स्वाद दिनेछ ।

त्यस्तै, उमामी मार्ट मार्फत कोरियन स्न्याक्स तथा उत्पादन उपलब्ध हुनेछन् । नेशनल ज्योग्राफिक एक्सप्लोरर रोहित गिरीको भेटघाट केन्द्रले प्रकृति, वन्यजन्तु तथा अनुसन्धानमा रुचि राख्नेहरूका लागि भेटघाट र छलफलको वातावरण बनाउने उनले बताए ।

सिटीजन फनिच्रर

संगीत र सिर्जनशील गतिविधिका लागि बैदाम जाम, खेलकुद तथा सामाजिक अन्तरक्रियाका लागि डिंकहाउस पिकलबल र गेमिङका लागि मिनी आर्केड हब समेत मिरक्याट पार्कमा रहेका छन् ।

पार्कमा योग, वर्कसप, पोड्कास्ट, ग्यादरिङ तथा विभिन्न सामुदायिक कार्यक्रम सञ्चालन गर्न बहुउद्देश्यीय हल समेत रहेको छ।

मिरक्याट पार्कलाई एउटा व्यवसायिक कम्प्लेक्सभन्दा पनि फरक–फरक रुचि र पृष्ठभूमिका मानिसलाई भेट्ने तथा नयाँ अनुभव साटासाट गर्ने साझा थलोका रूपमा विकास गर्न खोजिएको उनको भनाई छ ।

मिरक्याट पार्कसँगै सञ्चालन भइरहेको मिरक्याट डिजिटल प्लेटफर्मले नेपाल आउने विदेशी यात्रु, ब्याकप्याकर, डिजिटल नोमाड, स्थानीय, गाइड, होस्ट, उद्यमी, क्रियटर तथा पर्यटन व्यवसायलाई जोड्ने लक्ष्य राखेको छ ।

डिजिटल प्लेटफर्ममा ट्रेक तथा एडभेन्चर, इभेन्ट, स्वयंसेवा, गाइड तथा होस्ट कनेक्सन, कम्युनिटी बुलेटिन तथा स्थानीय सूचना र सिफारिस लगायतका सुविधा समेटिएका छन् । यहाँ विभिन्न ६ वटा भवनमा विभिन्न पसलहरु छन् भने खेल्नका लागि, विभिन्न कार्यक्रम गर्नका लागि करिब ५० जना क्षमताको हल पनि छ ।

 

Rabin photo