काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल आइतबारदेखि अर्थ मन्त्रालयको नियमित काममा फर्किएका छन् ।
३ फागुनमा पोखरा महानगरपालिकाले आयोजना गरेको ‘पोखरा भ्रमण वर्ष २०२५’ को औपचारिक घोषणा क्रममा बेलुन विस्फोटमा परी उनी घाइते भएका थिए ।
कीर्तिपुरस्थित बर्न अस्पतालमा दुई दिन सघन उपचारपछि अर्थमन्त्री पौडेल डिस्चार्ज भएका थिए । त्यसपछि अत्यावश्यक काम भने निवासबाट गर्दै आएका थिए ।

सोही घटनामा घाइते भएका पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य उपचाररत छन् । उनी अस्पतालबाट दुई दिनअघि डिस्चार्ज भएपनि हाल आइसोलेसनमा छन् । मेयर आचार्यले मंगलबारसम्म आफूलाई फोन नगरिदिन र केही आवश्यक परेमा म्यासेज गर्न सूचना जारी गरेका थिए ।
सो घटनामा अर्थमन्त्रीभन्दा बढी मेयर आचार्यलाई असर गरेको थियो । त्यसैले उनले केही समय आराम गर्नुपर्ने छ ।