newa srijana

स्वास्थ्यमन्त्रीको प्रस्टीकरण : स्वास्थ्य बीमा हटाउने होइन, व्यवस्थित गर्ने हो

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमामा देखिएका विकृति हटाउने गरी काम भैरहेको र यसका लागि दुई चरणमा काम भैसकेको बताएका छन् ।

स्वास्थ्य बीमा कार्यक्रममा सुधारका लागि सुझाव दिन गठित कार्यदलले प्रतिवेदन बुझाएको र सोही आधारमा कार्य योजना निर्माण गरेर सुधारका काम अघि बढिरहेको बताएका छन् ।

संसद भवनबाट बाहिरिने क्रममा मन्त्री पौडेलले स्वास्थ्य बीमा ऐनमा कार्यक्रम प्रभावकारी बनाउन केही नीतिगत सुधार गरिएको र बाँकी कार्ययोजना अनुसारका काम कार्यान्वयनका लागि प्रयास भैरहेको बताए ।

World link net

मन्त्री पौडेलले स्वास्थ्य बीमा हटाउने भन्ने नभई यसलाई व्यवस्थित गर्न खोजिएको बताए ।

सोमबारको प्रतिनिधिसभा बैठकमा रास्वपा सांसद तोसिमा कार्कीले स्वास्थ्य बिमा हटाउन लागेको भन्दै मन्त्री पौडेलको राजीनामा मागेकी थिइन् ।

सोमबार यस विषयमा प्रस्टीकरण दिँदै मन्त्री पौडेलको सचिवालयले स्वास्थ्य बिमामा देखिएका विकृति हटाउने गरी काम भइरहेको र दुई चरणमा काम भइसकेको जनाएको छ । ‘गलत अर्थ लगाउने गरी भिडियो काटेर सामाजिक सञ्जालमा भाइरल बनाउन खोजिएको देखिन्छ,’ सचिवालयले प्रेस नोटमा भनेको छ, ‘सोही आधारमा भ्रम सिर्जना गर्न खोजिएको देखियो ।’

‘अहिलेकै स्थितिबाट यो चल्दैन, त्यसैले अब यो हटाउने भन्ने नभई यसलाई व्यवस्थित गर्न खोजिएको हो यसलाई व्यवस्थित गर्न दुई चरणको काम गरिसक्यौँ’ भनेर मन्त्री पौडेलले भनेको पुनः प्रस्ट पारेको छ ।

सिटीजन फनिच्रर